गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ

कठमाण्डौं– विश्व स्वास्थ्य संगठनले गाजा शहरमा रहेको अलशिफ अस्पताल मृत्यु क्षेत्र ‘डेथ जोन’ बनेको बताएको छ। संयुक्त राष्ट्र संघको नेतृत्वमा भएको एक संयुक्त अनुगमन टोलीले शनिबार गरेको स्थलगत भ्रमणपछि संगठनले यसो भनेको हो।
इजरायली सैनिकले सो अस्पतालमा कब्जा जमाएर अस्पताल खाली गर्न निर्देशन गरेपछि गरिएको अनुमगन भ्रमणको क्रममा अस्पतालमा गोली चलेको, गोलाबारी भएको र अस्पतालको प्रवेशद्वारमा सामूहिक चिहान बनाइएको पाइएको थियो। टोलीलाई चिहानमा ८० जनामा गाडिएको बताइएको थियो।
इजरायली सैनिकले अस्पताल खाली गर्न अर्डर जारी गरेपछि सघन उपचार गराइरहेका ३ सय बिरामी मात्र गाजाको उक्त सबैभन्दा ठूलो अस्पतालमा रहेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनले बाँकी अन्य बिरामी र कर्मचारीलाई तत्काल अन्यत्र सार्न प्रयासरत रहेको र बारम्बार यूद्ध विरामका लागि अनुरोध गरेको बताएको छ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग तत्काल यूद्ध विराम नहुने तर अपहरणमा परेकालाई रिहाइ गर्ने शर्तमा अस्थायी यूद्ध विराम हुन सक्ने संकेत गरेका छन्।
इजरायली सैनिकको उर्दीपछि शनिबार केही बिरामी सहित सैयौ व्यक्तिले अस्पताल छाडेका छन्। अल सिफामा रहेका बिबिसी पत्रकारका अनुसार चल्न नसक्ने केही बिरामी र सीमित संख्यामा चिकित्सक मात्र अस्पतालमा रहेका छन्।
उता, इजरायलको सुरक्षा बल (आइडीएफ) ले अस्पताल प्रशासनलाई अनुरोध गरिएको तर अर्डर नदिएको दाबी गरेको छ। अस्पतालमा राइफल लगायतका हतियार पाइएको दाबी गरेको छ। हमासका स्वास्थ्य अधिकारीका अनुसार उत्तरी गाजाको जवालियामा शनिवार गरिएको दुई विस्फोटमा ८० जनाको मृत्यु भएको छ।
इजरायलमा अक्टुबर ७ मा हमासको गरेको आक्रमणको बदला लिन हमासलाई लक्षित गरेर इजरायले गाजामा सैनिक अपरेसन गर्दै आएको छ। हमासका अनुसार गाजामा हालसम्म १२ हजार ३ सयको मृत्यु भैसकेको छ। यसैगगरी विस्फोटमा परेर भत्केको भवनमा किचिएर १२ सय भन्दा बढीको मृत्यु भएको हमासले जनाएको छ।
बिबिसीबाट
धेरै पढिएका
- १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार
- २ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन
- ३ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा प्रा. डा. दिनेशकुमार लम्साल नियुक्त
- ४ मैले ‘तपाईंलाई क्यान्सर भयो !’ भन्दा पनि खुसी भएको देखेको छु
- ५ खेप प्रमाणीकरण नै नगरी १४ लाख २८ हजार किशोरीमा एचपिभी खोप लगाइयो
- ६ हेमोफिलियाका बिरामीलाई महँगो औषधि निःशुल्क उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले गर्यो सम्झौता
- ७ योग के हो ? यसका प्रकार र फाइदा
तपाईको प्रतिक्रिया दिनुहोस