२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठविश्वअस्पतालमा गोली प्रहार प्रकरण : ढाडको दुखाइ कम नभएपछि सर्जनसहित ३ जनाको हत्या

अस्पतालमा गोली प्रहार प्रकरण : ढाडको दुखाइ कम नभएपछि सर्जनसहित ३ जनाको हत्या


अमेरिकाको ओक्लाहोमास्थित तुल्सा अस्पताल परिसरमा भएको गोली प्रहार प्रकरणको रहस्य प्रहरीले खुलासा गरेको छ । तुलसा प्रहरीका अनुसार माइकल लुइस नाम गरेका व्यक्तिले शल्यक्रियापछि पनि ढाड दुख्ने समस्या नहटेको कारण आक्रोशित भइ शल्यचिकित्सकसहित तीनजनाको गोली हानेर हत्या गरेका थिए ।

तुल्सा प्रहरी प्रमुख वेन्डेल फ्र्याङ्कलिनका अनुसार माइकलले ढाडको शल्यक्रिया पछि निरन्तर दुखाइको लागि आफ्नो शल्यचिकित्सकलाई  दोष दिएका थिए। अस्पतालमा आक्रमण गर्नुभन्दा तीन घण्टा अघि एआर-१५ असल्ट राइफल किनेर ल्याएका थिए ।

उनले पहिला आर्थोपेडिक सर्जन डा. प्रेस्टन फिलिप्सलाई परीक्षा कक्षमा पुगेर गोली हाने। अन्य कैयौं व्यक्ति पनि गोली लागेर घाइते भएका छन् ।

 फ्र्याङ्कलिनले बताए अनुसार १९ मे मा लुइसको ढाडको शल्यक्रिया गरिएको थियो। उनी १९ मेमा अस्पतालबाट डिस्चार्ज भएका थिए।

‘बन्दुकधारीले बारम्बार दुखाइको गुनासो गर्दै विशेषगरी शल्यक्रिया गर्ने डाक्टरलाई दोष दिइरहेका थिए । उनले शल्यक्रिया गर्ने चिकित्सक, डा. प्रेस्टन फिलिप्स, डा. स्टेफनी हुसेन र रिसेप्शानिष्ट अमान्डा ग्लेनलाई गोली हानी हत्या गरे, ‘फ्र्याङ्कलिनले भने।

बन्दुकधारीको छानविन गर्दा भेटिएको चिठ्ठीमा डा. फिलिप्स र उसको बाटोमा आउने जो कोहीलाई मार्ने उद्देश्य स्पष्ट  रहेको उनले बताएका छन्।

बुधबार तुल्सास्थित सेन्ट फ्रान्सिस अस्पताल परिसरमा रहेको नताली मेडिकल भवनमा गोली चलेको थियो ।

 

-एजेन्सी


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ