२०८१ पुस १५, सोमबार
Health Aawaj logo
गृहपृष्ठविश्वविश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित

विश्व स्वास्थ्य संगठनको प्रमुखमा डा. टेड्रोस पुन: निर्वाचित


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को प्रमुखमा डा. टेड्रोस अधानोम गेब्रेयसस पुन: निर्वाचित भएका छन्। उनी दोस्रो ५ वर्षको कार्यकालका लागि मंगलबार पुनः निर्वाचित भएका हुन् ।

विनाशकारी कोभिड-१९ महामारीको कठिनाइको बीचमा टेड्रोसलाई अन्य कुनै पनि उम्मेदवारले पदका लागि चुनौती दिएका छैनन्। यसै कारणले टेड्रोसलाई संयुक्त राष्ट्रसंघीय स्वास्थ्य एजेन्सीका सदस्य राष्ट्रहरूले मंगलबार पुनः दोस्रो पाँच वर्षको कार्यकालका लागि निर्वाचित गरेका हुन् ।

पुन:निर्वाचित भएपछि उनले ट्विट गर्दै भनेका छन्, ‘म माथि विश्वास गर्ने सदस्य राष्ट्रहरुप्रति आभारी छु । म सबै स्वास्थ्यकर्मी र सहकर्मीहरूलाई धन्यवाद दिन्छु जोसँग म यात्रा जारी राख्न तत्पर छु।’


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ