गृहपृष्ठ ∕ विश्व ∕ दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स दिल्लीमा पनि ओमिक्रोन पुष्टि, भारतले जारी गर्यो नयाँ गाइडलाइन्स हेल्थ आवाज आईतबार, २०७८ मंसीर १९ गते, १३:१७ मा प्रकाशित भारतको राजधानी नयाँ दिल्लीमा ओमिक्रोन पुष्टि भएको छ । अफ्रिकी मुलुक ताञ्जानियाबाट आएका फर्किएका एक व्यक्तिमा ओमिक्रोनको संक्रमण पुष्टि भएको दिल्लीका स्वास्थ्य मन्त्री सत्येंद्र जेनले जनाएका हुन् । यससँगै भारतमा अहिलेसम्म ५ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण फेला परेको हो । हालसम्म गुजरातको जामनगर, मुम्बई र कर्नाटकमा ओमिक्रोनको केस पाइएको छ । हालसम्म विश्वका ३८ देशमा ओमिक्रोन संक्रमित फेला परे। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई लिएर बढ्दो चिन्ताका बीच आइतबारदेखि अन्तर्राष्ट्रिय यात्रुका लागि भारतले नयाँ निर्देशिका लागू गरेको छ । जोखिममा रहेका देशबाट आउने यात्रुले आरटी–पिसिआर परीक्षण गराउनुपर्ने बताइएको छ । नतिजा नआएसम्म यात्रुले विमानस्थलमै कुर्नुपर्नेछ । सबै विमानस्थलमा थप RT-PCR सुविधाको व्यवस्था गरिनेछ। ‘जोखिममा रहेका’ देश बाहेक अन्य देशका यात्रुलाई विमानस्थलबाट बाहिर निस्कन दिइनेछ। उनीहरुले १४ दिनसम्म सेल्फ मोनिटरिङ गर्नुपर्नेछ । ओमिक्रोनको खतराको श्रेणीबाट बाहिरिएका देशहरूबाट आउने यात्रुमध्ये ५ प्रतिशतको अवश्य परीक्षण गरिनेछ। यसअनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुहरूले हवाई सुविधा पोर्टलमा उपलब्ध स्व-घोषणा फारममा उडानमा चढ्नुअघि १४ दिनको आफ्नो ट्राभल हिस्ट्री दिनुपर्नेछ । -एजेन्सी क्याटेगोरी : विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष… ६ र ७ बैशाखमा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइदैं दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ… धेरै पढिएका १ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? २ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ४ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ५ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ६ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं Kalpana Craft ट्रेण्डिङ गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी युवापुस्ताका ईएनटी सर्जन डा. अमित ३४ वर्षीय डा. दीपककुमारले १ करोड बढी लगानीमा सञ्चालनमा ल्याए अत्याधुनिक डेन्टल क्लिनिक