२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठविश्वचीनमा पुनः लकडाउन घोषणा

चीनमा पुनः लकडाउन घोषणा


चीनले पुनः केहि स्थान विशेषका लागि लकडाउनको घोषणा गरेको छ । हेबेई प्रदेश संगैको शहरमा संक्रमणका केहि केशहरु देखा परेकाले चीन सरकारले सो स्थानमा पुनः कडाउनको घोषणा गरेको हो ।
गत वर्षको अन्त्यतिर कोरोना भाइरसको पहिलो केश देखा परेलगत्तै हालसम्म यो देश संक्रमणको संख्या नियन्त्रण गर्न सफल हुदै आएको छ । देश महामारीको दोस्रो वेभ(चरण) मा नपुगोस् भन्नका निमित्त यहाँका सरकारले साना–साना केशहरुलाई पनि गम्भीर रुपमा लिने गरेको छ ।
के हुदैछ हेबेईमा?
आइतबार अधिकारीहरुले जनाए अनुसार, एन्छिङ शहर पुर्ण रुपमा नियन्त्रित रहेको छ । हाल त्यहाँ अत्यावश्यक कामबाहेक अन्य समयमा व्यक्तिलाई घरबाहिर निस्कन निषेध गरिएको छ । यस्तै स्थानिय बाहेक अन्यलाई संक्रमित एरियामा पस्न दिइएको छैन भने जबरजस्ती पस्न तथा पसाउन खोज्नेलाई पुलिसले कारवाहिको व्यवस्था गरेको छ ।
एन्छिङ, बेइजिङको दक्षिणी भुभागको १ सय ५० किलोमिटर अवस्थित शहर हो । चिनिया मिडियाका अनुसार, दुई हप्ताको अवधिमा बेइजिङमा १८ नयाँ केशहरु दर्ता भएका छन् ।
अन्य ठुला शहरहरुमा जस्तै यहाँ घनाबस्ती नभएका कारण यहाँ देखिएको संक्रमणको संख्या रोक्न सकिनेमा विशेषज्ञहरु विश्वस्त देखिएका छन् ।
यस्तो छ बेइजिङको अवस्था
चीन सरकार तथा यहाँको विज्ञको पहलमा नियन्त्रणमा आएको कोरोना संक्रमण अवस्था अन्य देशका निम्ति चासो एवम् ईष्याको विषय बनेको छ । यद्यपि बेइजिङमा भर्खरै मात्र देखिएको नयाँ स्पाइक केशहरुले भने देश दोस्रो वेभमा प्रवेश गर्ने हो कि भन्ने त्रासमा विज्ञहरु रहेका छन् ।
पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ नयाँ १४ केशहरु देखिएका छन् । जुन महिनामा त्यहाँ कुल ३ सय ११ कोरोनाका केशहरु दर्ता भएका छन् ।
कोरोना भाइरसको पहिलो केश देखापरेको चीनमा सरकार तथा त्यहाँका स्थानियको समन्वय कारण संक्रमणले उग्र रुपमा लिन पाएको विज्ञहरु बताउँछन् ।
एजेन्सी ।


क्याटेगोरी : विश्व



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ