पिनासको समस्याबाट छुटकरा पाउन सकिने योगासन

पिनास आजभोली सबैलाई भएको पाइन्छ । यो रोगको औषधि लिए पछि पनि चाँडै समस्या बाट राहात मिल्दैन । यस्तो अवस्थामा पिनासको उपचारको लागि योगासन गर्न सकिन्छ । योगासनको साहायताले पिनास बाट छुटकरा पाउन सकिन्छ । योगले धेरै रोगहरु बाट बचाउन सक्छ । उपचार र रोगको जोखिम कम गर्न सकिन्छ । पिनासको लागि केहि योगहरु फाइदाजनक छन् ।
पच्श्रिमोत्तनासन
पिनास बाट राहात पाउनको लागि पच्श्रिमोत्तनासनको अभ्यास गर्नु धेरै राम्रो हुन्छ । यसको लागि सिधा बस्नुहोस् । दुइवटै खुट्टालाई फैलाउनुहोस् । खुट्टाहरु सिधा राख्नुहोस् । अब द्बै हातलाई माथितिर लैजानुहोस् । र कम्मरलाई सिधा राख्नुहोस् । झुकेर दबै हातले खुट्टाको औंला समाउनुहोस् । आफ्नो घुँडालाई नमोडी सिधा राख्नुहोस् । खुट्टा जमिनमा नै राख्नुहोस् । केहि समय पछि पहिलाकै स्थितिमा राख्नुहोस् । यो आसनले टाउको दुखाई, पिनास कम मगर्न मद्दत गर्छ ।
हलासन
हलआसनको अभ्यास गर्न भुइँमा सुत्नुहोस् । दुबै हातहरु भुइँमा सिधा राख्नुहोस् । विस्तारै श्वास छोड्दै दुई वटै खुट्टालाई माथि उठाउनुहोस् । अब खुट्टालाई सिधा पछाडी जमिन तिर झुकाउनुहोस् र खुट्टाको पञ्जालाई जमिनमा राख्नुहोस् । टाउको सिधा राख्नुहोस । यो स्थितिमा दुईदेखि तीन मिनेटसम्म बस्नुहोस् । सामान्य अवस्थामा आउनुहोस् । यो योग आसन पनि टाउकोको स्वास्थको लागि निकै फाइदाजनक छ ।
उत्तानासन
यो आसन गर्नको लागि सिधा उभिनुहोस् । लामो श्वास लिनुहोस् । दुबै हातलाई माथितिर उठाउनुहोस् । अब अगाडी तिर झुक्नुहोस् । दुबै हातले जमिनमा छुनुहोस् । घुडालाई सिधा राख्नुहोस् । केही समय यसै पोजिसनमा बस्नुहोस् । अब हातलाई माथि लैजादै श्वास छोड्नुहोस् । सामान्य अवस्थामा आउनुहोस् ।
धेरै पढिएका
- १ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- २ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: माथिल्लो कर्णालीको लागि वरदान
- ३ प्रदेश जनस्वास्थ्य प्रयोगशालाको १४ जिल्लामै सेवा विस्तार, १९ हस्पिटलसँग गर्दैछ सम्झौता
- ४ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- ५ फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ?
- ६ हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा
- ७ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
तपाईको प्रतिक्रिया दिनुहोस