मोटोपना हटाउन प्रभावकारी बालासन योग

योगको माध्यमबाट सम्पूर्ण शरीर स्वस्थ रहन्छ । तर यदि तपाई आफ्नो पेट बढेको देखेर चिन्तित हुनुहुन्छ र सबै उपाय गर्न थालेर थकित हुनुहुन्छ भने एक पटक नियमित बालासन योग अभ्यास गर्नुहोस्, अवश्य लाभ हुनेछ र साथै यसका लागि धेरै मिहिनेत पनि गर्नु पर्दैन।
बालासन योग गर्ने विधि
–यस आसनको अभ्यासका लागि पहिले घुँडा टेकेर म्याटमा (वज्रासन) मा बस्नुहोस् र कम्मरलाई सीधा राख्नुहोस्।
–अब गहिरो सास लिएर शरीरको माथिल्लो भागलाई अगाडि तिर झुकाउनुहोस्। दुवै हात पछाडि राख्नुहोस् र टाउकोको अगाडि जमिन छुने प्रयास गर्नुहोस्।
–अब सकेसम्म लामो समयसम्म यस अवस्थामा रहन प्रयास गर्नुहोस्।
–त्यसपछि श्वास छोड्दा शरीरको माथिल्लो भाग उठाउनुहोस् र वज्रासन आसनमा फर्कनुहोस्।
उच्च रक्तचापको समस्या भएकाहरूले यो योगबाट टाढा रहनुपर्छ । यस आसनले शरीरको कठोरता पनि हट्छ। यसका साथै कब्जियत र एसिडिटीको समस्या पनि हट्छ ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ३ नेपाल पक्षघात संघद्वारा रानीबारीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
- ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ५ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ६ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ७ नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित जनशक्ति माग
तपाईको प्रतिक्रिया दिनुहोस