गृहपृष्ठ ∕ योग ∕ पश्चिमोत्तनासन योग : फाइदा र सावधानी पश्चिमोत्तनासन योग : फाइदा र सावधानी हेल्थ आवाज मंगलबार, २०७९ साउन १७ गते, ०५:०० मा प्रकाशित पश्चिमोत्तनासन एक क्लासिक योग मुद्रा हो जसलाई ‘सिटेड फर्वार्ड बेन्ड’ पनि भनिन्छ। विशेषज्ञहरूका अनुसार, यो मुद्रा अभ्यास गर्नाले ह्यामस्ट्रिङ र मेरुदण्डलगायत सम्पूर्ण शरीरलाई राम्रोसँग स्ट्रेच गर्नका साथै मानसिक स्वास्थ्यमा फाइदा पुग्न सक्छ। योग विज्ञहरू भन्छन्, पश्चिमोत्तनासन योगमा बढी मानसिक ध्यान र लचकता चाहिन्छ। सुरुमा यो अभ्यास गर्न अलि गाह्रो हुन सक्छ, तर समयसँगै तपाईलाई यसको बानी पर्नेछ। पश्चिमोत्तनासन योगको दैनिक अभ्यासले तपाईलाई समग्र स्वास्थ्य कायम राख्न मद्दत गर्न सक्छ। आउनुहोस्, यसको प्रयोगले शरीरलाई हुने फाइदाहरूबारे विस्तृतमा जानौं। पश्चिमोत्तनासन योग कसरी अभ्यास गर्ने? पश्चिमोत्तनासन योग एक मध्यम स्तरको व्यायाम हो । जसको मतलब यो गर्नको लागि तपाईलाई परिपक्वता चाहिन्छ। यसको अभ्यास सुरुमा अलि गाह्रो हुन सक्छ, त्यसैले यो एक विशेषज्ञबाट गर्ने सही तरिका बारे जान्न धेरै महत्त्वपूर्ण छ। पश्चिमोत्तनासन योग गर्नका लागि सबैभन्दा पहिले दुवै खुट्टा फैलाएर भुइँमा बस्नुहोस्। अब गहिरो श्वास लिनुहोस् र शरीरलाई अगाडि झुकाउनुहोस्। हातलाई खुट्टाको तल र नाकलाई घुँडाले छुनुहोस्। केही समय यस स्थितिमा रहनुहोस् र त्यसपछि पूर्ववत स्थितिमा फर्कनुहोस्। पश्चिमोत्तनासन योगका फाइदाहरू के के हुन्? योग विज्ञका अनुसार पश्चिमोत्तनासन योगबाट तपाईको शरीरका सबै प्रमुख मांसपेशीहरू तन्काउन, रक्त प्रवाह सुधार गर्न, शरीरको लचकता बढाउन र मानसिक स्वास्थ्यमा विशेष फाइदा लिन सक्छ। यसलाई दैनिक अभ्यास गर्नाले तपाईको स्वास्थ्यको लागि धेरै लाभदायिक हुन सक्छ। यस अभ्यासको क्रममा, शरीरलाई अगाडि झुकाउनु पर्छ, जसले पाचन अंगहरूमा दबाब दिन्छ। यो विशेषगरी ती अंगहरूलाई टोन गर्न र पाचन सुधार गर्न लाभदायिक हुन सक्छ। यस योगको अभ्यासले कब्जियत, ग्यास र अपचको समस्यामा फाइदा गर्छ। यो अभ्यासले छाती विस्तार गरेर र पेटका अंगहरूलाई उत्तेजित गरेर श्वास फेर्न क्षमतामा सुधार गर्छ। यसको अभ्यास मधुमेह रोगी, कलेजो र मृगौला रोगीहरूको लागि अत्यन्त लाभदायक मानिन्छ। योगासन महिनावारी सम्बन्धी समस्याबाट छुटकारा पाउन मद्दत गर्छ। मस्तिष्क स्वास्थ्य सुधार गरेर चिन्ता-तनाव कम गर्न मद्दत गर्दछ। सावधानी यदि पछाडि, हात, खुट्टा वा कम्मरमा चोट लागेको छ भने, यो योग आसन केही दिनको लागि अभ्यास नगर्नुहोस्। यसबाहेक, गर्भवती महिलाहरूलाई यो अभ्यास नगर्न पनि सल्लाह दिइन्छ। अर्कोतर्फ, स्लिप डिस्कको समस्या भएका व्यक्तिहरूले विशेषज्ञको सल्लाहमा मात्र यो योग अभ्यास गर्नुपर्छ। क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस् आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी गर्मीमा ‘कोल्ड ड्रिक्स’ होइन्, ‘मही’ पिउनुहोस्