गृहपृष्ठ ∕ योग ∕ शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने योगासन शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने योगासन हेल्थ आवाज बिहीबार, २०७८ माघ २७ गते, ०५:३० मा प्रकाशित कोभिड-१९ महामारी सुरु भएयता विश्वभर करोडौं मानिस यस भाइरसबाट संक्रमित भएका छन् । यससँगै यसको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्टले पनि बिस्तारै जनमानसहरूलाई त्रसित बनाइरहेको छ। महामारीको सुरुवातदेखि नै हामीले सबैभन्दा धेरै सुनेको एउटा कुरा भनेको रोग प्रतिरोधात्मक क्षमता हो। रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको जोखिम बढ्न सक्छ। यस्तो अवस्थामा रोग प्रतिरोधात्मक क्षमता बलियो राख्नु जरुरी छ । इम्युनिटी भनेको रोग प्रतिरोधात्मक क्षमता हो । जसलाई सुधार्नको लागि तपाईले आफ्नो जीवनशैलीमा सानातिना परिवर्तनहरू गर्नुपर्ने हुन्छ। कोभिड-१९ देखिएसँगै रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन सल्लाह दिइँदै आएको छ । यस्तो अवस्थामा यदि तपाइ यी रोगहरूबाट बच्न र संक्रमणको सामना गर्न आफ्नो शरीरलाई बलियो बनाउन चाहनुहुन्छ भने यी योगासनको मद्दत लिन सक्नुहुन्छ। हलासन यो आसन गर्नका लागि सबैभन्दा पहिले आफ्नो पिठ्युको बलमा सुत्नुहोस्। अब दुवै हत्केलालाई आफ्नो छेउको भुइँमा राख्नुहोस्। एकै साथ दुवै खुट्टा 90 डिग्री माथि उठाउनुहोस्। केही समय यस अवस्थामा बस्नुहोस्। यस बीचमा आफ्नो दुवै हत्केला भुइमा राख्नुहोस्। अब बिस्तारै आफ्नो खुट्टा टाउको पछाडि सार्नुहोस्। ३० सेकेन्डको लागि यो स्थितिमा रहन प्रयास गर्नुहोस्। भुजंगासन यो आसन गर्नको लागि सबैभन्दा पहिले पेटले टेकेर सुत्नुहोस् । अब आफ्नो दुवै हत्केलालाई काँधको चौडाइबाट टाढा भुइँमा राख्नुहोस्। अब शरीरको तल्लो भाग भुइँमा राख्नुहोस् र लामो श्वास लिनुहोस्। यसपछि शरीरको माथिल्लो भागलाई बिस्तारै जमिनभन्दा माथि उठाउनुहोस्। यस पोजिसनमा केही बेर बसेपछि श्वास छोड्ने क्रममा त्यही स्थितिमा भुइँमा फर्कनुहोस्। सुखासन यो आसन गर्नको लागि सबैभन्दा पहिले ध्यानको आसनमा बस्नुहोस्। अब दाहिने हातको मद्दतले आफ्नो बायाँ नाडीलाई पछाडिबाट समात्नुहोस्। यस बीच काँधहरू पछाडि तान्दै श्वास फेर्नुहोस्। अब श्वास छोड्दा अगाडि झुक्नुहोस्। यसपछि दाहिने घुँडाले टाउको छुनुहोस्। त्यसपछि बिस्तारै श्वास फेर्दै पहिलेको स्थितिमा फर्कनुहोस्। -एजेन्सी क्याटेगोरी : योग तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन धेरै पढिएका १ दन्त उपचारका क्षेत्रमा उदाउँदो ‘फ्लोराइड’ २ नेपाल फर्मा एण्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी ५ देखि ७ पुससम्म हुने ३ एक महिनापछि खुल्यो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला ४ पूर्वी नेपालमा औषधिको चरम दुरूपयोग ५ My Journey Against Myeloma ६ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी ७ डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? Kalpana Craft ट्रेण्डिङ स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक' स्वास्थ्यमन्त्री पौडेलः कानुन कार्यन्वयन गराउनुको सट्टा अनावश्यक समिति बनाउँदैं रसियाले विकास गरेको क्यान्सर विरुद्धको भ्याक्सिन सेप्टेम्बरसम्म रिलिज गरिने जेनेरीक नामबाट औषधि लेख्नुपर्ने प्रस्तावः लाभ, चुनौती र समाधान वैदेशिक रोजगारी : गन्तव्य देशसँग गुणस्तरीय स्वास्थ्य परीक्षण सम्झौता गर्न सुझाव My Journey Against Myeloma कुनै कम्पनीको नाम नतोकिकन औषधि सिफारिस गर्न सुझाव समिति गठन कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स गलत नियत राखेर गरिएको एमबीबीएस छात्रवृत्ति बाँड्ने निर्णयबाट पोखरा महानगर 'ब्याक'