फिजियोथेरापिष्ट सुरज भुषालले खेलकुदबाट ख्याती कमाएका युवा स्टार मनिष डाँगीलाई मैदानबाटै रेस्क्यु गरेका थिए। स्मरण रहोस, लिग अन्तरर्गत ४ महिना अघि दशरथ रंगशालामा आयोजित मच्छिन्द्र र च्यासल विरुद्धको खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष केही मिनट लगतै चोटिल बनेर मैदानमै ढलेपछि फिजियोथेरापिष्ट भुषालले प्राथमिक उपचार गरेका थिए ।
त्यससमय उनलाई मैदानबाट तत्काल उद्दार गरी अस्पताल गराइएको अनुभव सुनाउँदै फिजियोथेरापिष्ट भुसालले भने, ‘खेलको ६३ मिनेटमा च्यासलविरुद्धको खेलमा मनिषको टाउकोमा चोट लागेको थियो। त्यसको ६ सेकेन्डमै मैदानमा पुगेर मैले नजिकैबाट हेर्दा उनलाई श्वास फेर्न गाह्रो भएको दांत काटिरहेका थिए। तत्कालै सीपीआर (कार्डियोपल्मनरी रिससिटेसन) सुरु गरिहाले ।’
‘चार देखि ६ मिनेटसम्म सीपीआर दिएपछि मनिष होसमा आएर उनले ‘दाइ मलाई के भएको हो ? भनेर सोधे । मैले सामान्य चोट लागेको हो भनेर आश्वस्त पार्न खोजेँ र करिब सात मिनेटको सीपीआरपछि उनलाई ब्लु क्रस अस्पताल दौडाइएको थियो ।’
अस्पतालमा आवश्यक परीक्षण गराए पछि उनी केहि समयका लागि आराम गरे । अहिले त उनी स्वस्थ भएर खेलमा पुन: लागिसकेको फिजियोथेरापिष्ट भुषालले बताए ।