मधुमेह कति प्रकारका हुन्छन् ? कसरी बच्ने ? (भिडियो)

मधुमेह दिर्घरोग मध्ये एक हो। यो रोग हाम्रो शरीरमा प्यानक्रियाज ग्रन्थीबाट उत्पादन हुने इन्सुलिन हर्मोनको उत्पादन अनियमितता हुँदा यो रोग लाग्ने गर्छ । मधुमेहका थुप्रै प्रकारहरु छन्। जसमध्ये एक हो ‘टाइप १’ । यो मधुमेह प्राय बालबालिका र वयस्कमा देखिन्छ। इन्सुलिन हार्मोनको उत्पादनमा कमि हुँदा यो मधुमेह देखिन्छ। ‘टाइप १’ भएका व्यक्तिको शरीरले पर्याप्त मात्रामा इन्सुलिन बनाउन सक्दैन।
त्यस्तै, अर्को प्रकार हो ‘टाइप २’ । यो विश्वभर सर्वव्यापी रुपमा देखिएको छ। शरीरको रगतमा भएको गुलकोजको मात्रा नियन्त्रित गर्ने इन्सुलिन पर्याप्त मात्रामा उत्पादन भैरहेको छ। तर, कुनै न कुनै चरणमा त्यसको कार्य प्रक्रियामा फरक किसिमको बाधा पुगिरहेको छ भने ‘टाइप २’ देखिने गर्छ। इन्सुलिन उत्पादनमा बाधा उत्पन्न पुर् याउने तत्व जसलाई इन्सुलिन रेजिसडेन्स भनिन्छ। यो रोग मोटोपना हुने व्यक्ति, नराम्रो बोसो बढ्दा र परिवारका कुनै सदस्यमा छ भने पनि यो मधुमेह देखिन्छ।
यसबाहेक गर्भावस्थामा पनि कतिपय महिलालाई मधुमेह देखिने गर्छ। सो मधुमेह हाइपरग्लाइसीमिया भनिन्छ। गर्भको दौरान साल इन्सुलिन प्रतिरोध सिर्जना गर्छ।
मधुमेह रोग लागेको बिरामीमा पहिला नै लक्षणदेखाएर लाग्न सक्छ भने कुनैमा लक्षण विना नै लाग्न पनि सक्छ । मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतलेआफूलाई मधुमेह भएको छ वा छैन थाह पाउन नसक्ने विभिन्न अध्ययनले देखाएको छ।
मधुमेह लाग्नुका कारण :-
- खानपिनको असन्तुलन,
- विलासी जीवन,
- शारीरिक कसरतमा कमि,
- वंशाणुगत गुण
- तनाव लिने
लक्षण :-
- पानी तिर्खा बढी लाग्ने,
- घाउ भैहालेमा छिटो निको नहुने,
- तौल घट्ने,
- थकान लाग्ने,
- धेरै भोक लाग्ने,
- पिसाब छिटो लाग्ने, आदि ।
हेर्नुहोस भिडियो
धेरै पढिएका
- १ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- २ ‘सन्चो’ उत्पादन गर्ने सरकारी कम्पनीमा २८ करोड बढी क्षतिको प्रारम्भिक अनुमान
- ३ उपचारका लागि कोशी अस्पतालमा आउँछन् दैनिक १५ जनासम्म निःसन्तान दम्पत्ति
- ४ सर्वोच्चद्वारा डा. संगीताको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
- ५ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ६ नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा २१ चैतमा
- ७ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
तपाईको प्रतिक्रिया दिनुहोस