कफीमा क्याफिन नामक तत्व पाइन्छ जसले शरीरलाई सक्रिय बनाउन मद्दत गर्छ । तर बिहानको पहिलो पेयको रुपमा कफी पिउनु स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ । स्वास्थ्य विज्ञहरूका अनुसार कफीलाई धेरै अध्ययनमा फाइदाजनक भनिए पनि कफीबाट दिनको सुरुवात गर्नु राम्रो विकल्प मान्न सकिँदैन ।
कफी शरीरका लागि फाइदाजनक वा हानिकारक छ भन्ने जान्नको लागि गरिएको अध्ययनमा विभिन्न नतिजाहरू फेला परेका छन् । धेरै अध्ययनको नतिजाले सुझाव दिन्छ कि कफीको नियमित खपतले संज्ञानात्मक गिरावटलाई रोक्न र मधुमेहको स्तरलाई नियन्त्रणमा राख्न मद्दत गर्दछ । तर, स्वास्थ्य विज्ञहरू यसको सेवनलाई पहिलो पेय पदार्थको रूपमा हानिकारक मान्छन् ।
के भन्छन् विज्ञहरू ?
अनुसन्धानकर्ताहरूले क्याफिनले केन्द्रीय स्नायु प्रणालीमा उत्तेजकको रूपमा काम गर्दछ, जसले थकान कम गर्न र ऊर्जा स्तर बढाउन मद्दत गर्ने पत्ता लगाएका छन् । त्यस्तै गरी कफीले टाइप–२ मधुमेहको जोखिम ६ प्रतिशतसम्म कम गर्न पनि फाइदाजनक हुने अध्ययनको समीक्षाले देखाएको छ । पोषणविद् भन्छन्‘कफीका धेरै फाइदाहरू थाहा भए पनि बिहानको पहिलो पेयको रूपमा यसलाई सेवन गर्नाले शरीरलाई हानी हुन्छ ।
पाचन समस्याको बढ्दो जोखिम
कफीले पेटमा एसिडको उत्पादनलाई बढावा दिन्छ । केहि अवस्थामा, यसले हानिकारक स्टोमा एसिडको उत्पादन गर्न सक्छ, जसले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ । कफीको अत्याधिक सेवन वा कफीबाट दिनको सुरुवात गर्ने बानीले अपच, पेट फुल्ने, वाकवाकी लाग्ने जस्ता समस्या निम्त्याउँछ । यदि तपाईलाई पहिलेदेखि नै पेटको समस्या छ भने यस विषयमा विशेष ध्यान दिनु आवश्यक छ ।
महिलाको लागि समस्या बढ्न सक्छ
बिहान सबेरै कफी पिउनाले कोर्टिसोल हर्मोन बढाउने देखाइएको छ, जसले ओभुलेशन, तौल र हर्मोनल सन्तुलनमा नकारात्मक असर पार्न सक्छ । कोर्टिसोललाई तनाव हार्मोन पनि भनिन्छ ।यस्तो अवस्थामा यसको सेवन गर्ने बानीले तनाव विकारको समस्या बढ्न सक्ने खतरा हुन्छ । बिहान कफी पिउने बानी पनि मुड सम्बन्धी समस्यासँग जोडिएको छ ।
डिहाइड्रेसनको जोखिम
मानिसहरूलाई बिहान पहिला प्रशस्त पानी पिउन सल्लाह दिइन्छ । यसले लामो समयसम्म खाली पेट र रातमा डिहाइड्रेसनको समस्या हुनबाट बचाउँछ । अर्कोतर्फ, यदि तपाईंले बिहान सबेरै कफी पिउनुभयो भने, शरीरमा पानीको कमी हुने खतरा हुन्छ । क्याफिनले पिसाब बढाउँछ जसले पानीको कमी हुने समस्या निम्त्याउन सक्छ । यही कारणले गर्दा बिहान उठ्ने बित्तिकै यसको सेवन नगर्न सल्लाह दिइन्छ ।
एजेन्सीको सहयोगमा