मधुमेहका बिरामीले उखुको जुस पिउन हुन्छ ?

गर्मीमा उखुको जुसलाई चिसो पेयको रुपमा लिइन्छ । यसले शरीरमा पानीको आपूर्ति गर्नुका साथै आइरन, मिनरल्सलगायत धेरै पोषक तत्वहरू उपलब्ध गराउँछ । यसका धेरै फाइदा छन् । उखु गुलियो हुन्छ । यसमा चिनी, नुन, कागती र बरफ मिसाएर जुस तयार गरिन्छ ।
उखु स्वादमा गुलियो हुने भएकाले मधुमेह रोगीले उखुको रस पिउने वा नपिउने भन्ने जान्न जरुरी छ । के उखुको रसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । के यसले मधुमेह रोगीलाई हानि गर्छ ? यसको केही फाइदाहरू पनि छन् ।
पोषक तत्वमा धनी
उखुको रसमा पूर्ण रूपमा चिनी हुँदैन । यसको अनुपात हेर्दा ७० देखि ७५ प्रतिशत पानी हुन्छ । यसमा १५ प्रतिशतसम्म फाइबर र १५ प्रतिशत चिनी हुन्छ । उखुको रस प्रशोधित प्रक्रियामा जाँदैन, त्यसैले यसमा फेनोलिक र फ्लेभोइड एन्टिअक्सिडेन्टहरू पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट तत्वका अतिरिक्त पोटासियम पनि पाइन्छ, त्यसैले उखुको रस पिउँदा डिहाइड्रेसन हुँदैन ।
उखुको रसमा कति चिनी हुन्छ ?
करिब २४० मिलिलिटर उखुको रस खाँदा त्यसमा चिनीको मात्रा ५० ग्रामसम्म हुन्छ । क्यालोरी १९३ र फाइबर १३ ग्राम सम्म पाइन्छ । उखुमा प्रोटिन र फ्याटे हुँदैन । एक कपमा २४० एमएल उखुको रस आउने विज्ञहरू बताउँछन् । यसमा चिनीको मात्रा ५० ग्राम अर्थात १२ चम्चा बराबर हुन्छ ।
योसँगै अमेरिकन हार्ट एसोसिएसनले पुरुषले बढीमा ९ चम्चा र महिलाले ६ चम्चा चिनी खानुपर्ने बताएको छ । यो भन्दा बढी चिनीले धेरै हानि गर्छ । जबकि उखुको रसमा १२ चम्चा चिनी हुन्छ । चिनीले बिरामीलाई हानि पु¥याउन सक्छ ।
चिनीले शरीरमा ग्लुकोज बढाउने काम गर्छ । इन्सुलिन राम्रोसँग नहुँदा ग्लुकोज नियन्त्रणमा रहँदैन । त्यसैले मधुमेहका बिरामीलाई चिनीयुक्त पेयपदार्थ नपिउन सल्लाह दिइन्छ । चिनीका कारण शरीरमा चिनीको मात्रा धेरै छिटो बढ्न सक्छ । त्यसैले चिनीका बिरामीले उखुको रसबाट टाढा रहनु राम्रो हुन्छ ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म
तपाईको प्रतिक्रिया दिनुहोस