लो ब्लड प्रेसर भएको कसरी थाहा पाउने ? कसरी गर्ने घरमै उपचार ?

धेरै पटक शरीरमा यस्ता रोगहरू देखा पर्छन्, जसलाई हामीले सामान्य सम्झेर उपचारमा ध्यान दिँदैनौँ । यस्तै एउटा रोग हो न्यून रक्तचाप, जसले विश्वभर धेरै मानिसलाई असर गर्छ । धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर चिनेपछि पनि उपचारमा ध्यान दिदैनन् । कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु वा बिरामी हुनु आदी हुन् ।
कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला फेल हुने जस्ता अवस्थाको सामना गर्नुपर्ने हुनसक्छ । यद्यपि लो ब्लड प्रेसरको समस्या घरमै पनि समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।
कम रक्तचाप को कारण
१. डिहाइड्रेसनः शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुहोस् ।
२. गर्भावस्थाः गर्भावस्थाको समयमा पनि रक्तचाप low blood pressure
अक्सर घटेको देखिन्छ । यद्यपि यो समयमा यो सामान्य हुन्छ ।
३. क्याफिनः क्याफिनको सही मात्राले तपाईंको रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ ।
४. तुलसीको पात खानुहोस्ः तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
धेरै पढिएका
- १ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद
- २ मुस्ताङमा पहिलो पटक गम्भीर बिरामीलाई रगत चढाउने सेवा सुरु
- ३ मानसिक स्वास्थ्य समस्यालाई नलुकाऔं
- ४ विपीलाई ‘विपी कोइराला युनिभर्सिटी अफ मेडिकल एण्ड हेल्थ साइन्सेस’मा स्तरोन्नती गर्ने प्रक्रिया सुरु
- ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न
- ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ७ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ११ औं शिखर सम्मेलन २८ देखि ३० चैतसम्म
तपाईको प्रतिक्रिया दिनुहोस