२०८१ पुस १३, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यबिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू

बिहानै ब्रेकफास्ट गर्नुका फाइदाहरू


बिहानको खाजा स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण छ । शरीरका लागि जति पौष्टिक आहार आवश्यक छ, त्यति नै महत्त्वपूर्ण खानेकुराको सही समयमा सेवन गर्नु पनि हो । बिहान अफिसको भिडभाडमा मानिसहरू ब्रेकफास्ट गर्न बिर्सन्छन् ।

धेरैलाई बिहानको खाजा खाने बानी हुँदैन । यस्तो अवस्थामा व्यस्त जीवनशैली र उचित खानपानको कमीका कारण शरीरमा नराम्रो असर पर्छ । प्रायः घरका ठुला–ठुलाहरूले बिहानको खाजा धेरै महत्त्वपूर्ण छ भनी भन्ने गर्छन् ।

आउनुहोस् जानौँ बिहान पूरा ब्रेकफास्ट खाँदा के–के फाइदा हुन्छ ।

स्वस्थ मुटुको लागि
अध्ययनका अनुसार बिहानको खाजा नखाँदा तौल बढ्न सक्छ । अधिक तौलले उच्च कोलेस्ट्रोल र उच्च रक्तचाप निम्त्याउन सक्छ, जसले हृदय रोग निम्त्याउन सक्छ ।

टाइप २ मधुमेहको कम जोखिम
नियमित बिहानको खाजा खाँदा मधुमेहबाट टाढा रहन सकिन्छ । एक अध्ययनका अनुसार नियमित रूपमा बिहानको खाजा खाने मानिसले
मधुमेहको जोखिम झन्डै ३० प्रतिशतले कम गर्न सक्छ ।

ऊर्जा स्तर बढाउँछ
बिहानको खाजाले शरीरलाई ऊर्जा दिन्छ । पौष्टिक आहार खाएर बिहान घरबाट निस्किएपछि शारीरिक क्रियाकलापमा वृद्धि हुन्छ । चाँडै भोक लाग्दैन र ऊर्जा रहन्छ। साथै, गतिशील हुनाले तौल नियन्त्रणमा रहन्छ र थकान पनि लाग्दैन ।

स्मरण शक्तिमा सुधार
एक पौष्टिक नास्ता सँगै दिन को सुरुवात एकाग्रता स्तर सुधार गर्न र स्मरण शक्ति तेज गर्न सक्छ। कार्बोहाइड्रेट स्वस्थ मस्तिष्क कार्यका लागि आवश्यक छ। यस्तो अवस्थामा, उच्च गुणस्तरको नास्ताले तनाव कम गर्न र दिमाग शान्त राख्न सक्छ ।

अमरउजालाबाट भावानुवाद

 


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ