२०८१ पुस १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ?

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ?


मिर्गौलाको पत्थरी भनेको मिर्गौला भित्र खनिज र लवणले बनेको क्रिस्टलहरू जम्मा हुनु हो । यो अवस्थाले गहिरो पीडा निम्त्याउन सक्छ, कसैलाई पिसाबको समस्या पनि हुन्छ । विशेषज्ञहरुद्धारा यसको लक्षण समयमै पहिचान गरी पत्थरी हटाउनका लागि उपचार गराउन सल्लाह दिइन्छ ।

कम पानी पिउने, वंशाणुगत वा नुन र चिनी बढी सेवन गर्नेलाई मिर्गौलामा पत्थरी हुने खतरा बढी हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । खानपानमा ध्यान दिनुका साथै पर्याप्त मात्रामा पानी पिउने हो भने यो समस्याबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

यो समस्या कुन लक्षणका आधारमा पहिचान गर्न सकिन्छ र यसको रोकथाम र उपचारका लागि के उपायहरू लाभदायक मानिन्छ जानौँ ?

मिर्गौलाको पत्थरीको प्रारम्भिक लक्षण
मिर्गौलामा पत्थरी बन्ने समस्या निकै पीडादायी हुने चिकित्सकहरू बताउँछन् । समयमै यसका लक्षणहरूमा ध्यान दिएर पत्थरी बढ्नबाट जोगाउन सकिन्छ ।
-ढाडको तल्लो भाग वा पेटको एक भागमा दुखाइ महसुस हुनु ।
-वाकवाकी तथा दुखाइ ।
-पिसाबमा रगत आउनु वा पिसाब गर्दा दुख्नु ।
-पिसाब फेर्न गाह्रो हुनु
-धेरै पटक पिसाब लाग्नु
-ज्वरो आउनु
-कडा गन्ध आउने पिसाब हुनु

के भन्छन् विज्ञहरू ?
विशेषज्ञ भन्छन् ‘मिर्गौलामा पत्थरीको समस्या कसैलाई पनि हुन सक्छ । एक पटक उपचार गरेपछि, पुनरावृत्तिको जोखिम हुन्छ, त्यसैले निवारक उपायहरू सधैँ ख्याल गर्नुपर्छ ।

सुरुमा, पत्थरी नबढेसम्म सामान्यतया कुनै लक्षण हुँदैन।’ कहिलेकाहीँ यो पिसाब प्रणालीमा अड्किन सक्छ जसले गम्भीर पीडा निम्त्याउँछ । मिर्गौलाको पत्थरीको अवस्थामा, सामान्यतया पेट वा पछाडिको एक छेउमा दुखाइ रहन्छ । समयमै पहिचान गरी उपचार गर्न जरुरी छ ।

मिर्गौलाको पत्थरीमा कसरी राहत पाउने ?
मिर्गौलाको पत्थरीको उपचार पत्थरीको आकार र सङ्ख्यामा निर्भर गर्दछ । केही मानिसहरूलाई पत्थरी बाहिर निकाल्नको लागि धेरै पानी पिउन सल्लाह दिइन्छ ताकि सानो ढुङ्गाहरू पिसाबको माध्यमबाट जान्छन्, यद्यपि तिनीहरूको आकार बढ्यो भने शल्यक्रिया आवश्यक हुन सक्छ । सिट्रिक फलफूल, पानी पिउने र म्याग्नेसियम युक्त चिजको सेवन गर्नाले पनि फाइदा हुन्छ ।

मिर्गौलाको पत्थरीबाट कसरी बच्ने ?
चिकित्सकहरूका अनुसार केही कुरामा सधैँ ख्याल राख्दा मिर्गौलाको पत्थरीको समस्याबाट बच्न सकिन्छ । शरीरलाई हाइड्रेटेड राखेर, सन्तुलित आहार र पर्याप्त क्याल्सियमको सेवन, फलफूल र तरकारीको बढी सेवन गर्दा यो समस्याबाट बच्न सकिन्छ । पानीको सरसफाइमा पनि ध्यान दिन जरुरी छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ