२०८१ पुस १७, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसुन्दर छाला र कपालको लागि बायोटिन सप्लिमेन्ट : के मा पाइन्छ ?

सुन्दर छाला र कपालको लागि बायोटिन सप्लिमेन्ट : के मा पाइन्छ ?


तपाईँले बायोटिन सप्लिमेन्टको बारेमा धेरै चर्चा पनि सुन्नु भएको हुनुपर्छ । छाला र कपालको समस्याबाट पीडित व्यक्तिहरूको लागि यो धेरै लाभदायक मानिन्छ । के सबै मानिसहरूले यसको पूरक नियमित रूपमा सेवन गर्नुपर्छ ?

बायोटिन आखिर के हो ?

स्वास्थ्य विज्ञहरूका अनुसार बायोटिन वास्तवमा भिटामिन–बीको तत्त्व हो, जसलाई भिटामिन बी–७ पनि भनिन्छ । अनुसन्धानले बायोटिन स्वस्थ कपालको लागि, छालाको हाइड्रेसन, कोमलता र चमक सुधार गर्नका आवश्यक रहेको पुष्टि गरेको छ । वयस्कहरूलाई प्रति दिन यो ३०–१०० माइक्रो ग्राम चाहिन्छ, जुन सजिलै आहार मार्फत प्राप्त गर्न सकिन्छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार खानामा केही चीजबाट यसको मात्रा सजिलै पाउन सकिन्छ । बायोटिन सप्लिमेन्टहरू चिकित्सकको सल्लाह बिना उपभोग गर्नु हुँदैन, धेरै प्रकारका साइड इफेक्टहरूको जोखिम हुन सक्छ । बायोटिन सप्लिमेन्टले निम्त्याउने हानि र यसलाई आहारबाट कसरी प्राप्त गर्न सकिन्छ भन्ने बारे जानौँ ।

बायोटिनको सावधानीहरू
डाक्टरहरू भन्छन्, कतिपय अवस्थामा स्वास्थ्य विशेषज्ञहरूले कपाल झर्ने वा छालाको समस्या आदि जस्ता बायोटिन सप्लिमेन्ट लिन सल्लाह दिन सक्छन् तर यो सबैका लागि आवश्यक हुँदैन । चिकित्सकको सल्लाह बिना यसको सेवन गर्दा पेट दुख्ने, निद्रा नलाग्ने र अत्याधिक तिर्खा लाग्नुका साथै इन्सुलिन र मृगौला सम्बन्धी समस्या निम्त्याउन सक्छ । यसलाई सधैँ आहार मार्फत मात्र पूरा गर्ने प्रयास गर्नुहोस् ।
यसका लागि के–कस्ता चिजहरू प्रयोग गर्न सकिन्छ जानौँ?

अण्डा खानुहोस्
अण्डाको पहेँलो भागलाई बायोटिनको राम्रो स्रोत मानिन्छ । एउटा अण्डाबाट करिब १० माइक्रो ग्राम बायोटिन प्राप्त गर्न सकिन्छ । अधिकतम फाइदाका लागि अण्डा सधैँ पकाएर खानुपर्छ । काँचो अण्डाको सेतो भागमा डाइटरी एभिडिन नामक प्रोटिन हुन्छ, जसले बायोटिनसँग जोड्छ । यसले शरीरलाई अवशोषित गर्न गाह्रो बनाउँछ । उमालेर वा पकाएर खाँदा पाचन सम्बन्धी समस्या कम हुन्छ ।

ड्राई फ्रुट्स लाई आहारको हिस्सा बनाउनुहोस्
ड्राई फ्रुट्स शरीरका लागि धेरै हिसाबले फाइदाजनक हुन्छ, यसबाट पर्याप्त मात्रामा बायोटिन पनि प्राप्त गर्न सकिन्छ । बदाम, ओखर र पेकान जस्ता नट्सलाई आहारको हिस्सा बनाएर यो पोषक तत्त्व सजिलैसँग शरीरमा भर्न सकिन्छ । भुटेको बदामको एक चौथाइ कपमा १.५ माइक्रोग्रामसम्म बायोटिन हुन्छ । त्यस्तै, सूर्यमुखीको बियाँमा २.६ माइक्रोग्रामसम्म बायोटिन पाइन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ