२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअन्यग्यास्ट्रिकको समस्यालाई तुरुन्तै कम गर्ने घरेलु उपाय

ग्यास्ट्रिकको समस्यालाई तुरुन्तै कम गर्ने घरेलु उपाय


समयको अभावका कारण मानिसहरू प्रायः हतारमा बिहानको खाजा खान्छन् । तर, यस्ता मानिसलाई थाहा हुँदैन कि उनीहरूको यो बानीले पेट सुन्निने समस्या निम्त्याउँछ । बारम्बार खाना खाँदा पाचन प्रणालीमा खाना अड्किन्छ, जसका कारण पेट फुल्ने समस्या हुन्छ, यदि तपाई पनि यो समस्याबाट बारम्बार हैरान हुनुहुन्छ भने यी घरेलु उपायले तपाईँलाई तुरुन्तै राहत दिन सक्छ ।

१. सौंफ
सौंफ खाँदा वा यसको चिया पिउँदा पेटको ग्यास एक मिनेटमै हट्छ ।

२. कागती पानी
यदि तपाईँलाई बारम्बार पेट फुल्ने समस्या छ भने दैनिक बिहान उठेर मनतातो पानीमा कागती मिसाएर पिउनुहोस् । कागती पानीमा प्राकृतिक रूपमा शामक गुण हुन्छ । जसले तपाईँको फुलेको पेटलाई घटाउन मद्धत गर्छ । मानिसहरू डिहाइड्रेसनबाट बच्न धेरै पानी पिउने गर्दछन् जसका कारण पेट फुल्ने समस्या पनि हुन्छ । कागती पानीले शरीरबाट अतिरिक्त पानी बाहिर निकाल्न मद्दत गर्छ।

३. तुलसीको पातहरू
तुलसीको पात खाँदा धेरै फाइदा हुन्छ । यस बाहेक तुलसीको चिया पनि बनाएर पिउन सक्नुहुन्छ ।

४. हरियो धनियाँ
पेट फुलिसकेपछि हरियो धनियाँको चिया पिउनुहोस् । यसो गर्दा पेट दुख्ने समस्या निको हुन्छ र ग्यास पनि निस्कन्छ ।
अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : अन्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ