२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सशरीरमा आइरनको कमी हुनुका ३ कारण

शरीरमा आइरनको कमी हुनुका ३ कारण


यदि तपाई शरीरमा थकान वा सुस्त महसुस गर्नुहुन्छ वा अचानक तपाईँको नङ कमजोर भयो भने, यसको मतलब तपाईँको शरीरमा आइरन जस्ता आवश्यक पोषक तत्त्वको कमी छ । यस्तो अवस्थामा कमी हुनुको पछाडि लुकेको कारणको बारेमा जान्न जरुरी छ । आइरन शरीरमा रगत बनाउनको लागि महत्त्वपूर्ण कुरा हो ।

१. क्याल्सियम र आइरन एकै समयमा सेवन गर्दा
हड्डीलाई स्वस्थ र मजबुत बनाउन प्रायः क्याल्सियमको सेवन गरिन्छ । तर क्याल्सियमले आइरनको अवशोषणमा बाधा पुर्‍याउन  सक्छ । यस्तो अवस्थामा आइरन प्रदान गर्ने खानासँगै क्याल्सियमयुक्त खानेकुरा खानु हुँदैन । यसबाहेक, यदि तपाईँ क्याल्सियम र आइरन सप्लिमेन्टहरू लिइरहनुभएको छ भने, दुवैलाई फरक–फरक समयमा लिनुपर्छ ।

२. भिटामिन सी को कमी
जब शरीरमा भिटामिन सी को कमी हुन्छ, यसले पनि आइरनको कमी हुन सक्छ । भिटामिन सी को उपभोगले आइरनको अवशोषण बढाउन मद्दत गर्दछ । यस्तो अवस्थामा यदि तपाई आइरन पाइने कुनै चिजको सेवन गर्दै हुनुहुन्छ भने त्यसको साथमा सिट्रसको जुस वा भिटामिन सी युक्त खानेकुराको सेवन गर्नुपर्छ । यसले शरीरमा आइरनको अवशोषण बढाउन सक्छ ।

३. क्याफिनको सेवन
यदि क्याफिनयुक्त चिया र कफी खाइयो भने, यी पेयहरूमा ट्यानिन र पोलिफेनोलहरू हुन्छन् जसले आइरनको अवशोषणलाई रोक्न सक्छ । यस्तो अवस्थामा चिया, कफी, अण्डा, दुग्धजन्य पदार्थ, भटमासको उत्पादनसँगै आइरन युक्त खानेकुरा नखानुहोस् । तपाईँले यी खानेकुराहरूबाट २ घण्टाको अन्तरालमा पेय पदार्थ सेवन गर्न सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ