२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सजाडोमा भिटामिन सी को स्रोत हुन् यी फलफूल : कोलेस्ट्रोल र पाचनका लागि पनि फाइदाजनक

जाडोमा भिटामिन सी को स्रोत हुन् यी फलफूल : कोलेस्ट्रोल र पाचनका लागि पनि फाइदाजनक


प्रतिरक्षा प्रणालीलाई बढाएर शरीरलाई स्वस्थ राख्न भिटामिन–सी युक्त खानेकुराको नियमित सेवन गर्न बताइन्छ । भिटामिन सीले रोग प्रतिरोधात्मक क्षमता बढाउन मात्र नभई स्कर्भी जस्ता रोगको जोखिमलाई पनि कम गर्छ । स्वास्थ्य विज्ञहरूका अनुसार जाडो मौसममा भिटामिन– सीको प्रचुर स्रोत भएका यस्ता धेरै फलफूल सजिलै पाइन्छ । यी फलफूललाई आहारमा समावेश गर्दा विशेष फाइदा लिन सकिन्छ ।

पुरुषलाई नियमित रूपमा ९० मिलिग्राम र महिलालाई ७५ मिलिग्राम भिटामिन सी चाहिन्छ । यो सामान्यतया दैनिक आहारमा केहि चीजहरू समावेश गरेर सजिलै पूरा गर्न सकिन्छ । सिट्रस फलफूललाई भिटामिन सिको सबैभन्दा धनी स्रोत मानिन्छ ।
जाडो मौसममा यो भिटामिन कुन फलफूलबाट सजिलै पाउन सकिन्छ र यी फलफूलका फाइदाहरू के के छन् जानौँ ?

सुन्तला
सुन्तलालाई भिटामिन सिको शीर्ष स्रोतहरू मध्ये एक मानिन्छ, जसले सजिलैसँग भिटामिन सिको दैनिक आवश्यकताको ७०–९० प्रतिशत आवश्यकता पूरा गर्दछ । सुन्तलाले कोशिकाहरूलाई क्षतिबाट जोगाउन मद्दत गर्दछ । सुन्तलाले शरीरमा कोलाजेन बनाउन मद्दत गर्छ र जुन एक प्रकारको प्रोटिन हो जसले घाउ निको पार्न र छालालाई स्वस्थ राख्न मद्दत गर्छ । सुन्तला रक्त अल्पताको जोखिमबाट जोगाउन पनि फाइदाजनक पाइन्छ, यसले फलामको अवशोषणमा पनि मद्दत गर्छ ।

अङ्गुर
अङ्गुरमा भिटामिन सी, बीटा क्यारोटिन, ल्युटिन र इलाजिक एसिड हुन्छ, जसले शक्तिशाली एन्टिअक्सिडेन्टको रूपमा काम गर्छ । एक कप अंगूरले छ मिलिग्राम सम्म भिटामिन सी प्रदान गर्न सक्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरलाई सङ्क्रामक रोगहरूबाट बचाउन मद्दत गर्दछ । अङ्गुर फाइबरको राम्रो स्रोत हो, जसले आन्द्राको चाललाई सहज बनाउन र पाचनलाई नियन्त्रणमा राख्न मद्दत गर्छ ।

भुईँकटहर
भुईँकटहरमा सुन्तला भन्दा बढी भिटामिन सी हुन्छ र यो पाचन इन्जाइम ब्रोमेलेनको एक मात्र खाद्य स्रोत हो । म्याङ्गनीज बाहेक यसमा भिटामिन बी६, कपर, थायामिन, फोलेट, पोटासियम, म्याग्नेसियम, नियासिन, रिबोफ्लेभिन र आइरन पनि प्रशस्त मात्रामा पाइन्छ । भुईँकटहरमा भएका इन्जाइमहरूले आन्द्रामा प्रोटिनहरू तोड्न मद्दत गर्दछ, जुन कब्जियत, ग्यास र ब्लोटिंग कम गर्नको लागि प्रभावकारी उपाय हुन सक्छ ।

नाशपाती 
नाशपातीमा भिटामिन सी को मात्रा लगभग ७ मिलिग्राम हुन्छ । मध्यम आकारको नाशपातीमा फाइबर पनि प्रशस्त हुन्छ जसले यसलाई पाचनका लागि सबैभन्दा लाभदायक फल बनाउँछ । यस फलमा पाइने एन्टी–इन्फ्लेमेटरी र एन्टी–कार्सिनोजेनिक गुणले यसलाई निकै फाइदाजनक बनाउँछ । खराब कोलेस्ट्रोल घटाउन र नसाको कार्यलाई सहज बनाउन नाशपातीको सेवन विशेष गरी लाभदायक हुन सक्छ ।


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ