२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्समधुमेह हुँदा पनि कार्बोहाइड्रेट उत्तिकै आवश्यक : के-के खान मिल्छ ?

मधुमेह हुँदा पनि कार्बोहाइड्रेट उत्तिकै आवश्यक : के-के खान मिल्छ ?


मधुमेहमा कार्बोहाइड्रेटको सेवन गर्नुहुन्छ कि हुँदैन भन्ने विषयमा लामो समयदेखि बहस हुँदै आएको छ । आहारविद्हरूको अनुसार, शरीरलाई काम गरिरहन ऊर्जा चाहिन्छ, जसको मुख्य स्रोत कार्बोहाइड्रेटयुक्त आहार हो । मधुमेहलाई ऊर्जाको लागि पनि कार्बोहाइड्रेट चाहिन्छ, त्यसैले पूर्ण रूपमा यसलाई खानपानबाट राम्रो विचार नभएको पोषणविदहरु जनाउँछन् ।

मधुमेह रोगीहरूले आफ्नो आहारमा स्वस्थ कार्बोहाइड्रेट समावेश गर्नुपर्छ । स्वस्थ कार्बोहाइड्रेट भएका चीजहरूले शरीरलाई पर्याप्त ऊर्जा प्रदान गर्नुको साथै  रगतमा चिनीको मात्रा बढाउने जोखिम पनि निम्त्याउँदैन ।

डाइटिशियनहरू को  अनुसार तपाई मधुमेहको बिरामी भए पनि कार्बोहाइड्रेट तपाईँको शत्रु होइन । ‘कार्बोहाइड्रेट’ को कुरा गर्दा धेरैजसो मानिसको दिमागमा चिनी, भात र आलु मात्र आउँछ, तर अन्य यसका धेरै विकल्पहरू छन् जुन स्वस्थ कार्बोहाइड्रेटको सूचिमा राखिएका छन् र यी सम्पूर्ण शरीरका लागि राम्रो मात्रै नभएर शरीरको आवश्यकता पनि हुन् ।

कार्बोहाइड्रेट नियमित रूपमा किन आवश्यक छ ? 

भारतीय डाइटिशियन प्रतिमा सिंह बताउँछिन्, “कार्बोहाइड्रेटले हाम्रो शरीरलाई ऊर्जा प्रदान गर्छ, तर सबै कार्बोहाइड्रेट एकै किसिमका हुँदैनन् मधुमेह भएका व्यक्तिहरूलाई सामान्यतया कार्बोहाइड्रेटयुक्त खानेकुराबाट बच्न सल्लाह दिइन्छ किनभने यसले रगतमा चिनीको मात्रा बढाउन सक्छ । यस्तो अवस्थामा मधुमेहको जोखिम हुन्छ, स्वस्थ कार्बोहाइड्रेट भएका चीजहरू आहारमा समावेश गर्न सकिन्छ ।कतिपय खानेकुरामा स्वस्थ कार्बोहाइड्रेट मात्रै नभएर फाइबरजस्ता अत्यावश्यक पौष्टिक तत्त्व पनि पाइन्छ । आहारमा यी चीजहरू समावेश गर्दा विशेष फाइदा पाउन सकिन्छ।

मधुमेहका रोगीहरूले सेवन गर्नसक्ने स्वस्थ कार्बोहाइड्रेटहरू 

दुग्धजन्य पदार्थ

दूध र अन्य डेरी उत्पादनहरूमा ल्याक्टोज जस्ता तत्त्वहरू हुन्छन्, जसले रगतमा चिनीको वृद्धि नगरी कार्बोहाइड्रेटको रूपमा शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्दछ । डेरी उत्पादनहरूले प्रोटिन र क्याल्सियम पनि प्रदान गर्दछ । हार्वर्ड टि.एचको अनुसार यी उत्पादनहरूमा पाइने प्रोटिनले बल प्रदान गर्दछ र मांसपेशी–मेटाबोलिज्म स्वास्थ्यको लागि आवश्यक छ । मधुमेहमा पनि दुग्धजन्य पदार्थको सेवन गर्न सकिन्छ ।

राजमा र सिमीको सेवन

सिमी र राजमा पनि स्वस्थ कार्बोहाइड्रेटको स्रोत हो जुन मधुमेहमा उपभोग गर्न सकिन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिशनमा मार्च २०१६ मा प्रकाशित मेटा–विश्लेषणले आफ्नो आहारमा दालहरू (जसमा सिमीहरू समावेश हुन्छ) समावेश गर्ने मानिसहरूको तौल बढ्ने जोखिम कम भएको पत्ता लगायो । यी कुराहरूले रगतमा चिनीको मात्रा पनि बढाउँदैन ।

मौसमी फलफूलको फाइदा

मधुमेह रोगीहरूलाई आहारमा मौसमी फलफूल समावेश गर्न सल्लाह दिइन्छ । यसमा स्वस्थ कार्बोहाइड्रेटका साथै शरीरका लागि आवश्यक अन्य पोषक तत्त्वहरू पनि पाइन्छ, जसले गर्दा शरीरलाई पर्याप्त मात्रामा ऊर्जा प्राप्त हुन्छ । फलफूलमा प्राकृतिक रूपमा भिटामिन र रोगसँग लड्ने एन्टिअक्सिडेन्टका साथै फाइबर पाइन्छ, जुन समग्र स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ