२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठटिप्सदूध चियाको सेवन कति हानिकारक ?

दूध चियाको सेवन कति हानिकारक ?


चियामा दुध मिसाएर पिउनाले तपाईँको स्वास्थ्यलाई धेरै तरिकाले हानि पुर्‍याउन सक्छ । दूध चियाको सेवनले तपाईँको स्वास्थ्यमा कैयौँ प्रकारको हानी समेत पुर्‍याउने गर्दछ ।तर बिना दूधको चिया अर्थात् कालो चिया तपाईँको मुटु र स्वास्थ्यलाई फाइदाजनक हुन्छ । तसर्थ दूध चियाको चुस्किमा रमाउने लत लागेको भए पनि कालो चिया पिउने बानी बसाउनु राम्रो हुन्छ।

दूध चियाको बेफाइदा

दूध चियाको नियमित सेवन गर्दा यसले शरीरमा नकारात्मक हानी पुर्‍याउने गर्दछ । कैयौँ प्रकारको शोध अनुसन्धान अनुसार चियामा दूध मिसाउँदा चियामा हुने तत्वको जैविक गतिविधि बदलिन्छ र यसको सकारात्मक प्रभाव नष्ट भएर जाने गर्दछ ।

दूध चियाको सेवनले छालामा विभिन्न प्रकारको समस्या हुने गर्दछ । यस अलावा अनुहारमा डन्डिफोर आउन पनि दूध चियाको सेवन सहायक रहने गर्दछ ।

चियाको अधिकतम सेवनले शरीरमा गर्मी उत्पन्न हुने तथा शरीरको रसायनमा असन्तुलन पैदा गर्दछ । यस अलावा यी समस्या पनि चियाको अत्यधिक सेवनका कारण हुने गर्दछ ।

१. कब्जियत

अत्यधिक चियाको सेवन कब्जियतको कारक बन्न सक्छ । चियामा पाइने थियो फिलाइन नामक रसायनले शरीरलाई डिटक्सीफाई गर्न मद्दत गर्दछ । तर अत्यधिक थियोफिलाइनले शरीरमा डिहाइड्रेशनको सिकार बनाउने गर्दछ । जसका कारण कब्जियत हुनसक्छ ।

२. अनिन्द्रा

चियामा क्याफिनको मात्रा पाइन्छ । यस्तोमा दैनिक २ कप भन्दा बढी मात्रामा चियाको सेवन गरेमा अनिन्द्रालगायत निन्द्रा सम्बन्धीको समस्या हुने गर्दछ । निन्द्रामा हुने समस्या दूध र चिनीको चियाबाट हुने आम दुष्प्रभाव हो ।

३. मानसिक रोग
भन्दा पत्यार नलाग्न सक्छ तर कतिपय अवस्थामा दूध चियाको सेवन मानसिक रोगको कारक बन्दछ । यसको सेवनले मानसिक स्वास्थ्य, चिन्ता, तनाव र बेचैनी बढ्ने गर्दछ ।

४. ग्यास्ट्रिक
अत्यधिक दूध चियाको सेवनले पेट फुल्ने तथा ग्यास्ट्रिक लगायतको समस्या हुने गर्दछ । चियामा हुने क्याफिन पेट फुलाउने कारक बन्दछ । यसका साथै दूध र क्याफिनको मिश्रण ग्यास बनाउने काम गर्दछ ।

कालो चियाको फाइदा
बिना दूधको अर्थात् कालो चियाको सेवन मुटुका लागी लाभदायक मानिन्छ । चियामा बढी मात्रामा चिनीको प्रयोग गर्दा शरीरमा चियाको लाभ पर्याप्त पुग्ने गर्दैन । चियामा हुने एन्टिइन्फ्लेमेटरी गुणले क्यान्सर जस्तो खतरनाक रोगबाट बचाउने गर्दछ ।

अमर उजालाबाट भावानुवाद

 


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ