गृहपृष्ठ ∕ टिप्स ∕ मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स मृगौला स्वस्थ राख्ने डा. काफ्लेको ९ टिप्स हेल्थ आवाज बिहीबार, २०७८ फागुन २६ गते, १२:३१ मा प्रकाशित मृगौला रोगबारे आममानिसलाई सचेत गराउनका लागि विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । विश्व मिर्गौला दिवस मार्चको दोस्रो बिहीबार मनाइन्छ। आज देशभर नै मृगौला दिवसको दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाइदै छ । उक्त दिवसको उद्देश्य मानिसलाई शरीरको यस महत्त्वपूर्ण अंगको बारेमा सचेत र जागरुक गराउनु हो। सन्तुलित दिनचर्याबाट मिर्गौला रोगबाट बच्न सकिन्छ । हाम्रो शरीरमा उत्पादन हुने विषलाई बाहिर निकालेर रगत सफा गर्ने काम मिर्गौलाले गर्ने गर्छ। वर्तमान समयमा रक्तचाप र मधुमेह रोग बढ्दै गएको छ । यसले मिर्गौलामा पनि समस्या निम्त्याएको छ । मृगौलामा समस्या भएमा शरीरका अन्य अंगहरूले पनि राम्ररी काम गर्दैनन् । मृगौला रोगको लक्षण पिसाबमा रगत देखा पर्नु, बारम्बार पिसाब आउनु र पोल्नु, खुट्टा र आँखा सुन्निने, चाँडै थकान महसुस हुनु, अनियन्त्रित रक्तचाप, र, पिसाबको मात्रा घट्नु । वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषि कुमार काफ्लेका अनुसार मृगौला स्वस्थ राख्न सकिने उपाय यस्ता छन् : नियमित व्ययाम गर्ने, एक दिनमा कम्तिमा १० हजार पाइला हिड्ने, दिनमा २ देखि ३ लिटर पिसाब हुने गरी झोल पदार्थ पिउने, सुर्ती, खैनी, चुरोट तथा अल्कोहल सेवन नगर्ने, दुखाइ कम गर्ने औषधी सकेसम्म प्रयोग नगर्ने, उचाइ अनुसार तौल कायम राख्ने, स्वस्थकर खाना खाने, मधुमेहका बिरामीले समय-समयमा मा स्वास्थ्य परीक्षण गराउने, र, कमसेकम वर्षमा एकपटक रगतमा क्रियाटीनिन र पिसाबमा प्रोटिनको परीक्षण गराउने। क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा जाडोमा सलगम खानुका अचम्मका फाइदाहरू धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो ७ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम