गृहपृष्ठ ∕ टिप्स ∕ पाचनप्रणाली स्वस्थ राख्न गर्नुहोस् मण्डुकासन पाचनप्रणाली स्वस्थ राख्न गर्नुहोस् मण्डुकासन हेल्थ आवाज मंगलबार, २०७८ कात्तिक ९ गते, ०५:३० मा प्रकाशित शरीरमा प्याङ्क्रियाजले(अग्न्याशय) जब इन्सुलिनको उत्पादन बन्द गर्छ तब व्यक्तिको शरीरमा ग्लूकोज मात्रा बढ्छ। आजको समयमा खराब दिनचर्या र गलत खान-पानका कारण मधुमेह रोग वयस्क देखि बालबालिकामा पनि देखिने गरेको छ। हाम्रो देशको एक ठूलो जनसंख्या यो रोगको चपेटामा छ। मधुमेह रोगी हुनु व्यक्तिका लागि धेरै कष्टमय हुन्छ। मानिसहरु शुगरको मात्रा कम गर्नका लागि विभिन्न उपायहरु अपनाउने गर्छन। र महँगो औषधी सेवन पनि गर्ने गर्छन। तर पनि कुनै उचित परिणाम ननिक्लिएको हामी सुनिरहेका हुन्छौं। यसलाई नियन्त्रण गर्न केहि योगासन छन् जसले नियन्त्रण गर्न ठुलो भूमिका खेल्दछ। ती मध्ये एक हो मण्डुकासन आसन। विधि :- यो आसन गर्नका लागि सबैभन्दा पहिला घुँडलाई मोडेर वज्रासनको मुद्रामा बस्नुहोस्। अब तपाइँको औंलालाई हातभित्र राख्दै मुठ्ठी कडासँग पारेर बन्द गर्नुहोस। अब दुवै बन्द मुट्ठी नाभि माथि राख्नुहोस्। अब श्वास लिने र त्यसपछि छोड्दै आफ्नो शरीरलाई अगाडि झुकाउनुहोस्। केहि समयको लागी सोही स्थितिमा बसेपछि विस्तारै श्वास लिंदै वज्रासन मुद्रामा फिर्ता आउनुहोस्। यस प्रकियालाई ३ देखि ४ पटक गर्नुहोस। फाइदा तपाईको पेटको भित्रि अङ्गलाई मसाज मिल्छ। पाचनप्रणाली ठिक रहन्छ। प्याङ्क्रियाजलाई सक्रिय बनाउँछ। मधुमेहलाई नियन्त्रणमा राख्छ। वजनलाई नियन्त्रण गर्छ। सावधानी कम्मर र घुँडा दुख्ने व्यक्तिले गर्न हुँदैन। आसन गर्दा पेटलाई अत्याधिक दवाव दिनु हुँदैन। माइग्रेन, बिपी हाइ हुनेले नगर्ने। -एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाडोमा सलगम खानुका अचम्मका फाइदाहरू छाती पोल्ने समस्या समाधान गर्ने उपाय जाडोमा बदाम खानुका यस्ता छन् फाइदाहरु जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक चिन्ता र डिप्रेसन बिचको भिन्नता कसरी थाहा पाउने ? शरीरमा यी ४ भिटामिनको कमीका कारण आउन सक्छ छालामा समस्या धेरै पढिएका १ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन २ स्वास्थ्यमन्त्रीको रेकर्ड : एकै दिनमा एउटै भवनका तीन वटा शिलालेखमा नाम ३ वडाध्यक्ष स्वास्थ्यकर्मीसहित सुत्केरी भेटघाटमा व्यस्त ४ काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा संचालनमा ५ एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? ६ महिला चिकित्सकको कमाण्डमा कोशी अस्पताल ७ सरकारले हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने Kalpana Craft ट्रेण्डिङ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय साइड इफेक्ट प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय साइड इफेक्ट प्रोमेडले शनिबार निःशुल्क हेडएक एण्ड भर्टाइगो शिविर गर्दै प्रधानमन्त्रीलाई बुझाइयो स्वास्थ्य बीमा सुधार कार्ययोजना प्रतिवेदन प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास न्यूरोमा अत्याधुनिक मोडुलर अपरेशन थिएटर सञ्चालनमा विश्व क्यान्सर दिवसमा नेपाल क्यान्सर अस्पतालले क्यान्सर स्क्रिनिङमा २० प्रतिशत छुट दिने