२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी तालिम सम्पन्न

सुदूरपश्चिम प्रदेश : ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी तालिम सम्पन्न


धनगढी-सुदूरपश्चिम प्रदेशमा ग्रामीण अल्ट्रासाउण्ड प्रभावकारी रुपमा कार्यान्वयन गर्न नर्सिङ कर्मचारी दिइने तालिम सम्पन्न भएको छ । सेती प्रादेशिक अस्पतालमा संचालन भएको पहिलो चरणको तालिम सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा बोल्दै स्वास्थ सेवा विभागका पूर्व महानिर्देशक डा. मिङमार शेर्पाले देशको दुर्गम जिल्लाहरुमा मातृ तथा शिशु मृत्युदरमा कमी ल्याउन यो कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको, सबै दुर्गमका स्वास्थ संस्थाहरुमा गुणस्तरीय सेवा प्रदान गर्न सकिने बताए ।

ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम प्रभावकारी बनाउन तथा मातृ मृत्यु दर घटाउन गर्भावस्था हुने जटिलताहरु पत्ता लगाई समयमा नै रिफर गर्ने र मानिसको ज्यान कसरी बाँच्छ भन्ने कुरालाई प्राथमिकता हुनुपर्नेमा सुदूरपश्चिम प्रदेशका स्वास्थ निर्देशक गुणराज अबस्थीले जोड दिए ।

ग्रामीण अल्ट्रासाउण्ड सम्बन्धी नर्सिङ कर्मचारीहरुलाई तालिम भेरी अस्पताल, नेपालगंज मेडिकल कलेज, सेती प्रादेशिक अस्पतालमा संचालन भइरहेको छ ।

त्यस्तै तालिम समरोहमा बोल्दै पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेशसभा सदस्य दीर्घ सोराडीले नेपालको स्वास्थ्य क्षेत्रमा सुदूरपश्चिम प्रदेश पहिलो भएको बताए । उनले राम्रो गुणस्तरीय सेवा प्रदान गर्न सबैले सकारात्मक सोचले अगाडी बढ्नुपर्ने र सबैको सहयोग आवश्यक रहेको बताए ।

तालिममा फिलिप्स मेडिकल सिष्टम, स्वास्थ्य तालिम केन्द्र, स्वास्थ्य निर्देशनालयको सहयोग र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमी प्राविधिक सहयोगमा सञ्चालन भएको थियो ।

नर्सिङ कर्मचारीद्वारा प्रतिवद्धता

सुदूरपश्चिम प्रदेश स्वास्थ निर्देशनालयको आयोजनामा संचालन भएको ग्रामीण अल्ट्रासाउण्ड तालिममा सहभागी नर्सिङ कर्मचारीले तालिम पश्चात प्राप्त मेसिन र सीपको प्रयोग सरकारी संस्थाहरुमा गर्भवती, सुत्केरी महिलाको नियमित स्वास्थ्य परीक्षणको लागि मात्र प्रयोग गर्ने प्रतिबद्घता गरेका छन् ।

समापन कार्यक्रममा बोल्दै नर्सिङ कर्मचारी गंगा न्यौपानेले यो कार्यक्रमलाई प्रभावकारी बनाउन आफूहरुको महत्वपूर्ण भुमिका रहेको र प्रदेशको दुर्गम भेगमा आफ्नो सीप र दक्षतालाई पूर्ण रुपमा सदुपयोग गर्ने विश्वास व्यक्त गरीन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ