२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट खरिद सम्बन्धी कागजपत्र अख्तियारको नियन्त्रणमा

सेती प्रादेशिक अस्पतालको अक्सिजन प्लान्ट खरिद सम्बन्धी कागजपत्र अख्तियारको नियन्त्रणमा


काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास मन्त्रालयले गत आर्थिक वर्षमा खरिद् गरेको अक्सिजन प्लान्टको खरिद प्रक्रियाका सम्पूर्ण कागजपत्रहरु नियन्त्रणमा लिएको छ ।

मन्त्रालयले गत आर्थिक वर्षमा सेती प्रादेशिक अस्पतालका लागि खरिद् गरेको अक्सिजन प्लान्टको खरिदमा अनियमितताको आशंकामा सम्पूर्ण कागजपत्रहरु अख्तियारले नियन्त्रणमा लिएको हो ।

मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले अख्तियारको महेन्द्रनगरस्थित कार्यालयले अक्सिजन प्लान्ट खरिद् सम्बन्धी प्रक्रियाका कागजपत्रहरु लिएको पुष्टि गरे । मन्त्रालयले गत आर्थिक वर्ष गरेका सम्पूर्ण खरिद्हरुमा आर्थिक अनियमितताको आरोपसहित अख्तियारमा उजुरी परेका छन् ।

अख्तियारको महेन्द्रनगरस्थित कार्यालयका अनुसार सामाजिक विकास मन्त्रालयको गत आर्थिक वर्षको खरिदमध्येको अक्सिजन प्लान्ट, एम्बुलेन्स र निःशुल्क उपलब्ध गराउनुपर्ने औषधी खरिद सम्बन्धी छानविनको माग गर्दै मन्त्रालयकै कर्मचारीहरुबाट बेनामे उजुरी परेका छन् । सबै उजुरीमा उजुरीकर्ताको नाम उल्लेख नगरी भ्रष्टाचार विरुद्ध रहेको मन्त्रालयमै कार्यरत एक कर्मचारी भनिएको छ ।

सस्तो मूल्यमा आपूर्ति गर्ने भन्दै टेण्डर हालेका व्यवसायीहरु स्वार्थकै कारण विभिन्न बहानामा पन्छाई कमिसन दिनेलाई मात्रै आपूर्ति गर्ने गरी ब्यवस्था मिलाइएकोले सो खरिद् प्रक्रियामा रहेका मन्त्रालयका तत्कालीन प्रदेश सचिव गोगनबहादुर हमाल, लेखा अधिकृत कृष्ण धामीसहितका खरिद् समितिका सदस्यहरुमाथि कार्वाहीको माग गरिएको छ ।

यस्तै, सामाजिक विकास मन्त्रालयले आफ्नै अगुवाई सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा आयोजना गरेका स्वास्थ्य शिविरहरुमा भएको खर्चबारे पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्ययन सुरु गरेको छ । यस सम्बन्धमा पनि उजुरी परेको छ ।

निःशुल्क स्वास्थ्य शिविरका लागि औषधीहरु खरिद् गर्दा भ्रष्टाचार गरिएको र शिविरमा उपचार गर्न आएका मानिसहरुको संख्या बढाएर समेत सरकारलाई आर्थिक क्षति पु¥याउने काम भएको भन्दै उजरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको महेन्द्रनगरस्थित कार्यालयले जानकारी दिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ