खोप लगाएको १२ घण्टा नबित्दै जोरायलमा एक शिशुको मृत्यु

धनगढी-खोप लगाएको १२ घण्टा नबित्दै जोरायल गाउँपालिकामा एक शिशुको मृत्यु भएको छ । जोरायल गाउँपालिका–१ का टेकबहादुर मल्लका चार महिनाका नाति प्रविण मल्लको ज्यान गएको हो ।
उनलाई मंगलबार दुई बजे घण्टेश्वर स्वास्थ्य चौकी अन्तर्गतको खार खोप केन्द्रमा खोप लगाइएको थियो । जसमा ‘डिपिटी पेण्टा’ तेस्रो डोज, ‘एफआईपिभि’ दोस्रो डोज र ‘ओपिभी’ तेस्रो डोज गरी तीन वटा खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जनाए ।
खोप लगाएपछि मंगलबार राती सुतिरहेको बेला अकस्मात मृत्यू भएको परिवारस्रोतले जनाएको छ । मृतक प्रविणका बाजे मल्लले खोपकै कारण नाति मृत्यु भएको बताएका छन् ।
मृत्युको कारणबारे पोष्टमार्टमपछि मात्रै भन्न सकिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख मलासीले बताए । ‘दुषित भ्याक्सीनले समस्या सिर्जना हुनसक्ने अवस्था लाखौमा बिरलै हुन्छ,’ उनले भने,‘त्यसको अवस्था हेर्नपनि खोप लगाएको आधा घण्टासम्म खोपकेन्द्रमै बच्चा राखिन्छ । त्यतिञ्जेल केही भएन । राती मृत्यु भएछ ।’
दुषित भ्याक्सीन कारण भएको भए अरु बच्चामा पनि समस्या देखिनसक्ने उनले बताए । उनले भने,‘अरुमा देखिएको छैन् । तैपनी पोष्टमार्टमपछि कारण थाहा होला ।’
धेरै पढिएका
- १ क्षयराेग केन्द्रमा डा तिवारी, गजेन्द्र नारायणमा शाह
- २ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ३ महानिर्देशकको तजविजमा औषधिको मूल्य नतोक्न अन्तरिम आदेश
- ४ स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी
- ५ योग के हो ? यसका प्रकार र फाइदा
- ६ सिभिल अस्पतालको निर्देशकमा प्रा.डा. रेग्मी नियुक्त
- ७ स्वास्थ्य सचिव नियुक्तिमा सरकार विरुद्ध डा. मिश्रा सर्वाेच्चमा
तपाईको प्रतिक्रिया दिनुहोस