२०८१ फागुन ११, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशराष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा


धनगढी—राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा विक्रमबहादुर बोहोरा चयन भएका छन् । शनिबार धनगढीमा भएको चौथो जिल्ला अधिवेशनले बोहोराको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा विज्ञान भट्ट, महिला उपाध्यक्षमा सिर्जना चन्द, सचिव अनिल सिंह, उपसचिवमा सागर बम र कोषाध्यक्ष उमेश भट्ट चयन भएका छन् । सदस्यहरुमा कर्णबहादुर विष्ट, भुवन शाह, अम्बिका कुमारी कार्की, बलबहादुर कठरिया, शान्ति लामा, गोमा रोक्का, केशब मास्के, तर्कराज खतिवडा, इन्द्र चौधरी, लक्ष्मी पौडेल, पुष्पराज खतिवडा र खेम विक चयन भए ।

निवर्तमान अध्यक्ष जयकला रावलको अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय उपमहासचिव हिमालय तिवारी गरेका थिए ।

यसैगरी, कार्यक्रममा विशिष्ठ अतिथि नेकपा एमाले कैलालीका अध्यक्ष अध्यक्ष यज्ञ ढुंगाना र अतिथिहरुमा एमाले प्रदेश कमिटी सदस्य कर्ण कुँवर, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका केन्द्रीय सचिव केन्द्रीय सचिव सिद्धप्रसाद ढुंगाना रहेका थिए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ