२०८१ फागुन ८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारन्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो

न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो


काठमाडौं–देशभरका प्राथमिक अस्पतालहरुमध्ये न्यूनतम सेवा मापदण्डका आधारमा सुदूरपश्चिम प्रदेशको बझाङ अस्पताल पहिलो भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले गरेको अनुगमन मुल्यांकनमा बझाङ अस्पतालले ९४ प्रतिशत अंक पाएको हो ।

सो अंक देशभरकै प्राथमिक अस्पतालहरुमा सबैभन्दा बढी रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नवराज जोशीले बताए । न्यूनतम सेवा मापदण्डमा अस्पतालको व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवाहरुको मुल्यांकन गरिन्छ ।

पछिल्ला केही वर्षदेखि बझाङ अस्पताल न्यूनतम सेवा मापदण्डमा राम्रो अंक प्राप्त गरिरहेको अस्पताल हो । यसअघि पनि सो अस्पतालले न्यूनतम सेवा मापदण्डमा ९३ प्रतिशत अंक पाएको थियो । बझाङसँगै बैतडी अस्पतालको पनि ९३ प्रतिशत अंक नै रहेको थियो ।

‘अस्पतालले व्यवस्थापन, क्लिनिकल सेवा र सहयोगात्मक सेवामा हुने यस्तो मुल्यांकनले दिनरात नभनी खटिने अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारीहरुको मुल्यांकन भएको छ,’ मेसु डा. जोशी भन्छन्, ‘यस्ता मुल्यांकनले काम गर्ने मानिसको मनोबल बढ्छ ।’

प्राथमिक अस्पतालहरुको प्राथमिक सेवा मापदण्डअनुसारको सेवा प्रवाह भए—नभएको सम्बन्धित प्रदेश स्वास्थ्य निर्देशनालयले अनुगमन र मुल्यांकन गर्ने गर्छ । केन्द्रीय अस्पतालहरुको हकमा भने स्वास्थ्य सेवा विभाग उपचारात्मक महाशाखाले गर्ने गर्छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ