वीरेन्द्रनगर—अछाम पन्चदेवल विनायक नगरपालिका–६ तोलीमा वडाध्यक्षसँग मातृ सुरक्षा तथा नवजात शिशु स्याहार कोशेली कार्यक्रमअन्तर्गत पोषण सामाग्री वितरण गरिएको छ । शनिबार वडा कार्यालयमा एक कार्यक्रमबीच २२ जना सुत्केरी महिलाहरुलाइ वडाध्यक्ष कमल रावलले पोषण सामाग्री वितरण गरेका हुन् ।
हालै सुत्केरी भएका २२ जना आमाहरुलाई प्रतिव्यक्ति १ क्यारेट अण्डा, २ लिटर खाने तेल, २ पिस नुहाउने साबुन, २ किलो आयोडिन नुन, २ किलो चना, १ पिस नेलकटर वितरण गरिएको छ ।
पोषण सामाग्री वितरण कार्यक्रममा वडाध्यक्ष रावलले आगामी दिनमा वडाले पोषण सुधारका लागि अन्य कार्यक्रम सञ्चालन गर्ने र वडालाई पोषणमैत्री वडा बनाउन पहल गर्ने बताए ।
पोषणमैत्री वडा बनाएर मातृ शिशु मृत्युदर शुन्यमा झार्ने लक्ष्य रहेको वडाध्यक्ष रावलले बताए ।