२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु

सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु


धनगढी-सवारी दुर्घटनानमा परेर बाजुरामा कार्यरत एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरी नजिकै ६ लेन सडक खण्डमा सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुपप्र ०१२ प ९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका–७ का ३० वर्षीय धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी पेशाले स्वास्थ्यकर्मी भएको पाइएको छ । खत्री मार्तडी स्वास्थ्य चौकी चुथिका जनस्वास्थ्य निरीक्षक भएको प्रहरीको भनाइ छ ।

खत्री सुपप्र ०१०१२ प ७११ नम्बरको मोटरसाइकलको पछाडि सवार रहेको कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

गम्भीर अवस्थाका खत्रीलाई उपचारका लागि माया मेट्रो अस्पताल पुगाइएकोमा चिकित्सकले मृत घोषणा गरेको बोहराले बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ