२०८१ कात्तिक ६, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशपर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका

पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका


धनगढी—सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको अपी हिमाल गाउँपालिकाले पर्यटनलाई नै स्वास्थ्य सेवा सँग जोडिरहेको छ । अपी हिमाल गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममै आवधिक रुपमा स्थानीयस्तरमा विभिन्न रोग सम्बन्धी विशेषज्ञ चिकित्सकसँगै हेल्थ टुरिज्मसहित स्वास्थ्य शिविर संचालन गरिने व्यवस्था गरेको छ ।

सोही नीति तथा कार्यक्रमअन्तर्गत अपी हिमाल गाउँपालिकाले २ र २ कात्तिकमा निःशुल्क आँखा शिविरको आयोजना गरेको छ । उक्त शिविर भिजन टुगेदर नेपाल र गाउँपालिकाको संयुक्त आयोजना तथा रोज च्यारीटी, दृष्टि आई फाउन्डेशन, हिमालय आई प्रोजेक्टको सहयोगमा खण्डेश्वरी स्वास्थ्य चौकीमा निःशुल्क शल्यक्रिया शिविर सम्पन्न गरेको छ ।

शिविरबाट छनोट भएका मोतिबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियासमेत गरिएको छ । दुई दिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरबाट १ सय १६ जना लाभान्वित भएका छन् । शिविरबाट ३५ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया गरेको अपी हिमाल गाउँपालिकालको स्वास्थ्य शाखाले जनाएको छ ।

अपी हिमाल गाउँपालिकामा घुम्न तथा स्वास्थ्य शिविर संचालन गर्न आउने पर्यटकहरुलाई गाउँपालिका भित्रको यातायात सुविधा, बस्ने, घुम्ने ब्यवस्था गाउँपालिकाले गर्ने गरेको छ । विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्न सुदूरपश्चिम प्रदेशको धनगढी तथा अत्तरियाबाटै यातायातको ब्यवस्था गाउँपालिकाले गरेको पालिकाका स्वास्थ्य शाखा संयोजक राजेन्द्र धामीले बताए । ‘अपी हिमाल बेस क्याम्प घुमाउनुका साथै खाना बस्नसमेत ब्यवस्था गरिरहेका छौं,’ उनले भने ।

सो आँखाको शल्यक्रिया शिविरभन्दा अघि सिपी अस्पताल धनगढी र नेपाल फार्मेसी संघको आयोजनामा जनरल स्वास्थ्य शिविर संचालन गरिसकेको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ