२०८१ असोज २९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारगेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी

गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा पनि सुरु गर्ने तयारी


धनगढी -गेटा अस्पतालमा न्युनतम सेवा सहित स्वास्थ्य सेवा प्रदान गरीरहेकोमा बिभिन्न बिशेषज्ञ सेवाहरु पनि सुचारु हुदै गईरहेका छन् । अस्पतालमा सामान्य सेवा बाट सुरु भएको प्रयोगशाला अन्य सेवा थप गर्दे बिशेषज्ञ सेवा हरु प्रदान गरीरहेको छ ।

सुरुवाती चरणमा सिबिसि सँगै अन्य सामान्य परीक्षण हुन्थ्यो,अहिले हार्मोनल सबै परीक्षण,आईरन प्रोफाईल, कार्डियाक ईन्जाईमहरु पनि परीक्षण भईरहेको कन्सल्टेन्ट प्याथोलोजिष्ट डा बर्षा आचार्यले बताईन् । उनले भनिन्, हेमाटोलोजि प्रयोगशाला र साईटोलोजि प्रयोगशाला बाट सबै परीक्षणहरु भईरहेको छ ।

गेटा अस्पतालले यसै आर्थिक बर्षमा क्यान्सर सम्बन्धी परीक्षण गरीने हिस्टोप्याथ प्रयोगशाला सम्बन्धीका सेवाहरु पनि सुचारु गर्ने तयारी गरेको छ । साथै अन्य सेवाहरु बिस्तार गर्नै आईसियुका साथै शल्यक्रिया कक्षहरुमा उपकरणहरु जडान भईरहको अस्पतालले जनाएको छ ।

अन्य सेवा सुचारु भएपछि अढाई महिनामा २ हजार बढीले सेवा लिए
न्युनतम सेवा सहित गत आर्थिक बर्ष २०८०/०८१ को कार्तिक बाट सेवा सुरु गरेको गेटा अस्पतालले सेवा बिस्तार गर्दे गईरहेको छ । चालु आर्थिक बर्ष २०८१/०८२ को सुरुवातमा ईन्डोस्कोपी , फिजियोथेरापी सँगै मेमोग्राफि सेवा पनि सूरु गरेको छ ।

गेटा अस्पतालमा गत श्रावण महिनामा ८ सय २ जना सेवाग्राहि आएका छन् भने भाद्र महिनामा ८ सय १३ र असोज महिनाको १८ गतेसम्म ५ सय ८ जना अस्पतालबाट सेवा लिएको अस्पतालले जनाएको छ । नयाँ बिरामिसँगै फ्लोअप पनि आउने गरेको छन् ।

गेटा अस्पतालमा अन्य सेवा बिस्तारसँगै ईन्डोस्कोपी सेवा लिने बिस्तार भएपश्चात हालसम्म २३ जनाले उक्त सेवा लिएका छन् भने असोज १ गतेबाट सुरु भएको मेमोग्राफ्री सेवा ५ जना लिएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ