२०८१ असोज ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु

सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु


धनगढी—सुदूरपश्चिममा रहेका सरकारी अस्पतालबाट मेमोग्राफी सेवा सुचारु भएको छ । १ असोजबाट कैलालीस्थित गेटा अस्पतालमा मेमोग्राफी सेवा सुरु भएको छ ।

अस्पतालले उक्त सेवा हप्तामा सोमबार र बिहीबार प्रदान गर्ने जनाएको छ । मेमोग्राफीमार्फत स्तन क्यान्सरको परीक्षण गर्ने गरिन्छ ।

आर्थिक वर्षको सुरुवातीसँगै गेटा अस्पतालमा इन्डोस्कोपी, फिजियोथेरापीसँगै इन्डोर सेवासमेत सुचारु गरेको थियो ।

अस्पतालमा इमर्जेन्सी सेवा सुचारु नहुँदा इन्डोरमा भर्ना हुने बिरामी पुग्न सकेका छैनन् । अस्पतालले इमर्जेन्सी सेवा सुचारु गर्न उपकरण जडान भइरहेको र संचालनको तयारीमा रहेको जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ