२०८१ भदौ ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पतालमा अन्तरंग सेवा सुरू

गेटा अस्पतालमा अन्तरंग सेवा सुरू


धनगढी—कैलालीस्थित गेटा अस्पतालमा अन्तरंग सेवा सुरु भएको छ । शुक्रबारबाट अस्पतालले अन्तरंग सेवा सुरु गरेको अस्पतालका निर्देशक डा. विप्लव सापकोटाले जानकारी दिए ।

१ कात्तिक २०८० बाट अस्पतालले बहिरंग सेवासहित सेवा दिन थालेको थियो । अन्तरंग सेवाका लागि महिला र पुरुषको लागि छुट्टाछुट्टै वार्ड व्यवस्थापन गरिएको उनले बताए ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अन्तरंगलगायतका सेवा संचालनमा चासो लिएपछि कार्यक्रमअनुसार नै सेवा प्रारम्भ गरिएको गेटा अस्पतालले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा सुरुवातमै अस्पतालले इन्डोस्कोपी र फिजियोथेरापी सेवा सुरु गरेको थियो ।

अस्पतालका निर्देशक डा. सापकोटाका अनुसार प्रयोगशालामा हर्मोनल परीक्षण पनि सुरु गरिएको छ । ‘अन्तरंग सेवा सुरु भएसँगै फार्मेसी तथा प्रयोगशाला सेवा २४ सै घण्टा उपलब्ध हुनेछ,’ उनले भने ।

गेटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञ सेवा सुरुवात भएसँगै बिरामीको संख्या पनि बढ्दै गइरहेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ