२०८१ कात्तिक २, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबझाङ अस्पतालमा पाठेघरको नली फुटेकी महिलाको सफल शल्यक्रिया

बझाङ अस्पतालमा पाठेघरको नली फुटेकी महिलाको सफल शल्यक्रिया


धनगढी—पाठेघरमा बच्चा नबसी पाठेघरको नलीमा (फेलोपीएन ट्युव)बच्चा बसेका कारण जटिल अवस्थामा पुगेकी महिलाको सफल शल्यक्रिया गरीएको छ । बिहिबार बझाङ जिल्ला अस्पतालमा पाठेघरको नली फुटेर अत्याधिक रक्तस्राव भएपछि अस्पतालमा ल्याइएकी ४० वर्षीया महिलाको शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङले जनाएको छ ।

पाठेरघमा बस्नुपर्ने बच्चा ठीक ठाउँमा नबसेर पाठेघरको नलीमा बसेको कारण जटिल अवस्थामा पुगेकी खप्तडछान्ना गाउँपालिका–७, गोर्खाली ४० वर्षीया सौरा देवी खड्काको शल्यक्रियामार्फत सफल उपचार गरिएको जिल्ला अस्पताल बझाङका प्रमुख तथा स्त्री रोग विशेषज्ञ डा. नवराज जोशीले बताए ।

उनको शल्यक्रियामा स्त्रीरोग विषेशज्ञ डा. जोशी र डा. सिद्धराज रोकाया तथा नर्सिङ आशा श्रेष्ठको टोली संलग्न रहेको थियो । गत वर्ष यस्तै समस्या भएकी एक महिलालाई जिल्ला अस्पतालमा स्त्रीरोग विषेशज्ञ नहुँदा रिफर गर्नु परेको उनले सुनाए ।

अस्पतालमा विशेषज्ञ चिकित्सक भएको बेला गत वर्ष यस्तै प्रकृतिका पाँच जना महिलाको शल्यक्रिया जिल्लामै गरिएको थियो । विशेषज्ञ चिकित्सक नभएको बेला यस्ता बिरामीलाई जिल्ला बाहिर पठाउने गरिएको छ । झण्डै १० घण्टा समय लाग्ने सडक मार्गबाट बिरामीलाई धनगढी पठाउँदै कतिपयको बाटैमा ज्यान जाने गरेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ