२०८१ पुस २३, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशगेटा अस्पतालको रोकिएको कर्मचारी छनोट प्रक्रिया अघि बढ्यो

गेटा अस्पतालको रोकिएको कर्मचारी छनोट प्रक्रिया अघि बढ्यो


धनगढी—गेटा अस्पतालमा कैलालीमा कर्मचारी छनोटको प्रक्रिया अगाडि बढेको छ । उक्त कर्मचारी भर्ना प्रक्रिया लोकसेवा आयोगका परीक्षासँग जुधेपछि रोकिएको थियो ।

गेटाले कर्मचारी भर्नाको लागि दरखास्त आहवान गरेको थियो । अस्पतालले करार सेवाका लागि स्टाफ नर्स, ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडीयोग्राफी सहायक र फार्मेसी सहायकको आवेदन माग गरेको थियो ।

३० बैशाखमा भएको लिखित परीक्षामा उत्तीर्ण स्टाफ नर्स पदको लागि तोकिएकै समयमा अन्तर्वार्ता भएपनि ल्याब टेक्निसियन, हेल्थ असिस्टेन्ट, रेडियोग्राफी सहायक र फार्मेसी सहायकको अन्तर्वार्ता भने रोकिएको थियो ।

लिखित परीक्षामा उत्तीर्णलाई अस्पतालले २९ जेठमा अन्तर्वार्ताका लागि बोलाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ