२०८१ भदौ २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशप्रदेशमा समयमा बढुवा नहुँदा संघ रोज्दैं स्वास्थ्यका कर्मचारी

प्रदेशमा समयमा बढुवा नहुँदा संघ रोज्दैं स्वास्थ्यका कर्मचारी


धनगढी—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ जेठमा आन्तरिक बढुवा मुल्यांकनद्वारा जनस्वास्थ्य प्रशासक दुई पदका लागि बढुवाको सुचना प्रकाशन गरेको छ । जसमा सुदूरपश्चिम प्रदेशमा समायोजन भएका एक जना र लुम्बिनी प्रदेशमा समायोजन भएका एक उच्च स्वास्थ्य अधिकारी छन् ।

संघीयता कार्यन्वयनसँगै प्रदेशमा समायोजन भएर संघबाट बढुवा हुने वरिष्ठ जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्त र हेमराज पाण्डेय रहेका छन् । सुदूरपश्चिममा समायोजन भएका पन्त हाल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत छन् भने लुम्बिनी प्रदेशमा समायोजन पाण्डेय हाल स्वास्थ्य कार्यालय प्युठानमा कार्यरत छन् ।

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यका कर्मचारीहरुले प्रदेशमा आन्तरिक बढुवाबाट पदपूर्तिका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा आयोगलाई पटक–पटक आग्रह गर्दा पनि हालसम्म पनि बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले भने आर्थिक वर्ष २०८०÷०८१ मा वार्षिक कार्यतालिकामा समावेस गरेपनि आन्तरिक बढुवा प्रक्रिया सुरु गर्न सकेको छैन ।

सुदूरपश्चिम प्रदेशमा वरिष्ठ जनस्वास्थ्य प्रशासकको ६ दरबन्दी भएपनि कुनै दरबन्दी पदपूर्ति नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै, लुम्बनी प्रदेशमा वरिष्ठ जनस्वास्थ्य प्रशासकको १२ दरबन्दी भएपनि २ मात्रै पदपूर्ति भएको १० दरबन्दी अझै रिक्त छ । लुम्बिनीमा पनि आन्तरिक बढुवा प्रक्रिया अगाडि बढाउन सकेको छैन । जसका कारण पन्त र पाण्डे संघ फर्केर बढुवा भएका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ