२०८१ पुस २४, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिममा तालिम लिएका स्वास्थ्यकर्मीहरुको तथ्यांक डिजिटलाइजेसन गरिदैं

सुदूरपश्चिममा तालिम लिएका स्वास्थ्यकर्मीहरुको तथ्यांक डिजिटलाइजेसन गरिदैं


धनगढी—सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यकर्मीहरुले लिएको तालिमको विवरण सफ्टवेयरमार्फत डिजिटल अद्यावधिक गर्न लागिएको छ । स्वास्थ्य तालिम केन्द्र धनगढीले प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुले लिएको तालिमको डिजिटल रेकर्ड राख्न सुरु गरेको हो ।

यसअघि स्वास्थ्य तालिम केन्द्रमार्फत स्वास्थ्यकर्मीहरुलाई लिएको तालिमको रेकर्ड राख्ने गरिएको थियो । अब जिल्लास्तरबाट हुने तालिमको रेकर्ड राख्न लागिएको स्वास्थ्य तालिम केन्द्रका निर्देशक नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।

‘कुन स्वास्थ्यकर्मी के—के तालिम पाएका छन् अभिलेखीकरण गर्न लागिएको हो,’ उनले भने, ‘स्वास्थ्यकर्मीहरु एक जिल्लाबाट अर्को जिल्ला जाँदासमेत सो स्वास्थ्यकर्मीहरु तालिम नदोहोरिने तथा तालिमको डुप्लीकेशन हटाउन सो कार्य गर्न लागिएको हो ।’

उक्त अभिलेखीकरणमा १० वर्षको विवरण अद्यावधिक गर्ने स्वास्थ्य तालिम केन्द्रले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ