गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिममा सामाजिक विकास मन्त्री साउँदसहितका माओवादी मन्त्री बर्खास्त सुदूरपश्चिममा सामाजिक विकास मन्त्री साउँदसहितका माओवादी मन्त्री बर्खास्त हेल्थ आवाज मंगलबार, २०८० फागुन २२ गते, १६:३३ मा प्रकाशित धनगढी—सुदूरपश्चिमका सामाजिक विकास मन्त्रीसहित दुई जना मन्त्री र एक जना राज्यमन्त्री बर्खास्त भएका छन् । मंगलबार मुख्यमन्त्री कमलबहादुर शाहले सामाजिक विकासमन्त्री झपट साउँद, वन तथा वातावरणमन्त्री रमेश धामी र उधोग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन् । उनीहरु तीनै जना माओवादी केन्द्रको तर्फबाट सुदूरपश्चिम सरकारमा मन्त्री रहेका थिए । केन्द्रमा कांग्रेस र माओवादीसहितको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै कांग्रेसका मुख्यमन्त्री रहेका प्रदेशमा माओवादी केन्द्रका मन्त्रीहरु बर्खास्त गर्न थालिएको हो । यसअघि नेपाली कांग्रेसको तर्फबाट गण्डकी प्रदेशका मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले गण्डकीका दुई माओवादी मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । जसमा सामाजिक विकास मन्त्री सुशीला सिम्खडा र भौतिक पूर्वाधार मन्त्री रेशमबहादुर जुग्जाली रहेका थिए । सुदूरपश्चिम सरकारमा नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका मन्त्री यथावत छन् । सुदूरपश्चिममा नाउपा र एकीकृत समाजवादीले समर्थन कायम रहेमा नेपाली कांग्रेसलाई सत्तामा रहिरहन बहुमत पुग्छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा सञ्चालनमा रहेका सेवाहरु सुदृढीकरण गरिनेछ : डा. यादव पूर्ण रुपमा सञ्चालनको तयारीमा रहेको गेटा अस्पताल दुई महिनादेखि नेतृत्वबिहिन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल कैलालीको अध्यक्षमा बोहोरा गेटा अस्पताललाई विनियोजन गरिएको बजेट फ्रिज हुँदैं न्यूनतम सेवा मापदण्डमा बझाङ अस्पताल पहिलो सुदूरपश्चिमका स्वास्थ्य संस्था संघीयताअघिकै दरबन्दीमा, प्रदेश सरकारका चिकित्सक ७ जना… धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ३ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ४ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ५ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो Kalpana Craft ट्रेण्डिङ आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा स्वस्थ जीवनका निम्ति ब्यायाम मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण छुट्टै स्वास्थ्य सेवा ऐन जारी गर्न स्वास्थ्यकर्मी ट्रेड युनियनहरुको माग जीबीएस सिन्ड्रोम भएका दिपेश उपचारमा आर्थिक अभाव झेल्दैं विपी प्रतिष्ठानमा नर्सहरुका लागि कार्यशाला गोष्ठी यस्ता छन् बिहानै ग्रीन टी पिउनुका ४ फाइदा स्वस्थ जीवनका निम्ति ब्यायाम मांसपेशी र जोर्नी दुख्ने समस्याबाट छुटकारा पाउने योगासन जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन