२०८१ कात्तिक ३०, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशविरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव

विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव


धनगढी-उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि सेती प्रादेशिक अस्पतालमा तनाव भएको छ।

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्वर ५ का ४० बर्षीय गगनसिंह कुँवरको उपचारका क्रममा मृत्यु भएपछि गए राति मृतकका आफन्तले विरोध जनाएका थिए।

बुधवार विहान ११ बजे पेट दुखेपछि भर्ना भएका कुँवरलाई राती ८ बजे अस्पतालका डाक्टरले मृत घोषणा गरेका थिए। केहीबेरमा २५/३० जनाको सङख्यामा आएका मृतकका आफन्तले उपचारमा डाक्टरले लापरवाही गरेको भन्दै विरोध जनाएका थिए।

बिहिबार विहान ८ बजे सर्वपक्षीय बैठक बस्ने सहमतिमा विरोध रोकिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाश कार्कीले बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ