२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशवीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी

वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान-प्रदान गर्ने समझदारी


काठमाडौं—वीर अस्पताल र गेटा मेडिकल कलेज अस्पतालबीच विशेषज्ञ जनशक्ति आदान—प्रदान गर्ने सम्बन्धी समझदारी भएको छ । आइतबार वीर अस्पतालमा निमित्त निर्देशक प्रा.डा. भुपेन्द्र बस्नेत र गेटा मेडिकल कलेज अस्पतालका निर्देशक डा. प्रमोद जोशीले विशेषज्ञ जनशक्ति आदान—प्रदान सम्बन्धी समझदारीमा हस्ताक्षर गरेका हुन् ।

कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल र गेटा मेडिकल कलेज, अस्पतालले चिकित्सकीय सेवालाई विस्तार गरेर प्रविधीयुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी भएको भएको हो । समझदारी अनुसार विशेषज्ञ चिकित्सकीय सेवा प्रवाहका लागि आवश्यक प्राविधिक सहयोग आदान—प्रदान गर्ने र आपसी छलफल र सहमतिमा उपचारात्मक सेवाहरु आदान—प्रदान गर्ने उल्लेख छ ।

सरकारले प्रस्ताविक गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपूर्व गेटा अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । सबै भौतिक पूर्वाधार निर्माण भइसकेपछि कानुन अभावका कारण गेटा मेडिकल कलेज अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ