२०८२ वैशाख ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन

सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन


धनगढी—सुदूरपश्चिमको राजधानीस्थित सेती प्रादेशिक अस्पतालले विशिष्टीकृत सेवा विस्तारको लागि १० असारमा विभिन्न विशेषज्ञ चिकित्सकको दरखास्त आह्वान गरेको थियो । सुदूरकै प्रमुख रेफरल अस्पतालको रुपमा रहेको सेतीमा सेवा गर्नका लागि चिकित्सकहरुको हानथाप हुनुपर्ने हो ।

तर, यथार्थ फरक छ । अस्पतालले न्युरो सर्जन, युरो सर्जन, नेफ्रोलोजिष्ट, नियोनेटोलोजिष्ट, इण्डोक्राइनोलोजिष्ट, फिजिसियन, सर्जन, ग्याष्टोइन्टेरोलोजिष्ट,गाइनोकोलोजिष्ट, पेडियाट्रीसियन, रेडीयोलोजिष्ट,साइक्याष्ट्रिक, एनेस्थेसियोलोजिष्ट,मेडिकल जनरललिष्ट, मेडिकल अधिकृत माग गरेको थियो । तर, तीमध्ये केही पदमा मात्रै आवेदन परेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालकाअनुसार नेफ्रोलोजिष्ट, नियोटिनोलोजिष्ट, ग्याष्टोइन्टेरोलोजिष्ट, इण्डोक्राइनोलोजिष्ट, पेडियाट्रिक, रेडियोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, मेडिकल जनरललिष्टमा आवेदन नैपरेको  छैन ।

अस्पताल प्रशासनले १५ दिनभित्र दरखास्त दिन आह्वान गरे पनि विशेषज्ञ चिकित्सकको केही पदमा मात्रै दरखास्त परेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ