२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा स्वास्थ्यका सुचकमा सुधार, समस्या र चुनौती कायमै

सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यका सुचकमा सुधार, समस्या र चुनौती कायमै


धनगढी-सुदूरपश्चिम प्रदेशको स्वास्थ्यका सुचक सुधारात्मक अवस्थामा छ । स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको प्रदेश स्वास्थ्य प्रतिवेदन २०७७/२०७८ मा स्वास्थ्य सुचकको अवस्थामा सुधार भएको देखिन्छ ।

यस प्रदेशमा विगतका वर्षभन्दा क्रमशः सुधार भएको देखिन्छ । यस प्रदेशमा बिसिजि खोप लगाउने बालबालिकाको दर आर्थिक वर्ष २०७५-७६मा ८४ प्रतिशत थियो भने आर्थिक बर्ष २०७७-७८मा ९० प्रतिशत पुगेको छ ।

त्यस्तै, प्रदेशमा दादुरा रुबेला पहिलो र दोश्रो खोपको कभरेज आर्थिक वर्ष २०७५-२०७६मा दादुरा रुबेला पहिलो मात्रा ८४ प्रतिशत दोश्रो मात्रा ७५ प्रतिशत कभरेज रहेको छ । आर्थिक वर्ष २०७७-२०७८ मा दादुरा रुबेला पहिलो मात्रा ८३ प्रतिशत र दोश्रो मात्रा ८५ प्रतिशत पुुगेको छ ।

प्रदेशमा जन्मदेखि ११ महिनासम्मका बच्चाहरुको वृद्धि अनुुगमन कभरेज आर्थिक वर्ष २०७६-७७मा ७८.८ प्रतिशत थियो भने यस आर्थिक बर्ष २०७७-०७८मा सो कभरेज बढेर ९१.७ प्रतिशत रहेको छ ।

प्रदेशमा संस्थागत सुत्केरी आर्थिक वर्ष २०७५÷७६ मा ७१ प्रतिशत रहेको छ भन आर्थिक वर्ष २०७७-२०७८मा ८३ प्रतिशत पुुगेको देखिन्छ । प्रदेशमा प्रोटोकल अनुसार चार पटक गर्भ जाँच गराउने आर्थिक वर्ष २०७५-७६मा ५८ प्रतिशत रहेको थियो भने आर्थिक बर्ष २०७७-०७८मा ६७ प्रतिशत रहको छ ।
सुदूरपश्चिम प्रदेशका किशोर किशोरीहरुमा परीवार नियोजनको सम्बन्धमा विगत ३ वर्षको तथ्यांक हेर्दा सेवाको उपयोगमा कमी आएको देखिन्छ । प्रदेशका सबै जिल्लामा किशोरीहरुले परीवार नियोजनका साधनहरु प्रयोग निकै कम गरेको देखिन्छ ।

प्रदेशको मातृ तथा बाल स्वास्थ्यमा सुधार ल्याउन आर्थिक वर्ष २०७५-०७६मा संचालन गरीएको कार्यक्रमबाट ४६ हजार १ सय १५ जनाले सेवा लिएको प्रतिवेदनमा उल्लेख छ । ग्रामिण अल्ट्रासाउण्ड कार्यक्रमको प्रमुख उदेश्य नर्सिङ कर्मचारीको क्षमता अभिवृद्धि तथा परीचालन गरी ग्रामिण भेगका दुरदराजमा रहेका गर्भवती आमाको समयमै अल्ट्रासाउण्ड गरी आमा र बच्चाको जटीलता पत्ता लगाई समयमै ब्यबस्थापन गर्नु हो । प्रदेशमा उक्त कार्यक्रमबाट जटील अवस्था भएका गर्भवती १ हजार ६सय ९५ मध्ये १ हजार ४ सय ६ गर्भवती महिला समयमै प्रेषण गरीएको थियो ।

नेपालमा सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिएपछि विभिन्न संस्थाहरुमार्फत सुरक्षित गर्भपतन लिनेको संख्या वृद्धि भएको पाइन्छ । प्रदेशको विगत ३ वर्षको तथ्याङ हेर्दा सुरक्षित गर्भपतन सेवा लिने किशोरीको संख्यामा वृद्धि भएको छ ।

तीन वर्षको तथ्याङक हेर्दा आर्थिक बर्ष २०७५-०७६ मा१४.६ प्रतिशत २० वर्ष मुनिका किशोरीहरुले गर्भजाँच गरेको पाइन्छ ।

त्यस्तै, आर्थिक बर्ष २०७६-७७ मा १२.१ प्रतिशतले र आर्थिक बर्ष २०७७-७८ मा ११.८ प्रतिशत किशोरीले गर्भ जाँच गरेको पाइन्छ । किशारी अवस्थामा नै गर्भवती हुनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन र प्रदेश तथा स्थानीय सरकारले बृहत यौनिकता शिक्षामार्फत जिवनउपयोगी शिक्षा दिई किशोरकिशोरी प्रजनन स्वास्थ्यमा ध्यान दिनुपर्ने स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरीएको छ ।

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य सुचकहरु सुधारमा विभिन्न चुनौती र समस्याहरु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । खोप कार्यक्रम संचालन गर्दा भ्याक्सिन आपुर्ति पद्धति अनुसार प्रदेशका जिल्लाका धेरै पालिकाहरुमा कोल्ड चेन कलस्टरहरु स्थापना र स्वास्थ्यकर्मीलाई प्राविधिक सिप वृद्धि सम्बन्धि तालिम प्राप्त स्वास्थ्यकर्मीको अभाव लगायत प्रदेशको रेफ्रिजेरेटर भ्यान बिग्रेकाले जिल्लामा भ्याक्सिन आपुर्ति गर्न समस्यान भईरहेको स्वास्थ्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै परीवार नियोजनका कार्यक्रमहरु संचालन गर्दा लामो अवधिको परीवार नियोजन साधनको सेवा प्रवाहका लागि दक्ष जनशक्तिको कमी , किशोरकिशोरी तथा अन्य समुहमा परीवार नियोजनको साधनको प्रयोग कम हुने तथा सहरी क्षेत्रमा परीवार नियोजनका साधनहरुको प्रयोय अत्यन्तै कम रहेको प्रतिवेदन उल्लेख गरिएको छ ।
अझै उच्च बालविवाह, किशोरी अवस्थामा नै गर्भधारण, कम तौलको नवजात शिशूको जन्म हुने भएकाले किशोरीहरुको गर्भजाँच सुदूरपश्चिम प्रदेशमा बढेको देखिन्छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ