२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढी निसर्ग अस्पताल धनगढीमा कपाल प्रत्यारोपण सेवा सुरु

धनगढी निसर्ग अस्पताल धनगढीमा कपाल प्रत्यारोपण सेवा सुरु


धनगढी–कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि ले कपाल प्रत्यारोपण सेवा सुरु गरेको छ । २२ माघबाट अस्पतालले कपाल प्रत्यारोपण सेवा सुरु गरेको निसर्ग हस्पिटलले जनाएको छ ।

छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा कपाल प्रत्यारोपण सर्जन डा. विपिन भट्टचन र छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ तथा सह–प्राध्यापक डा.सुमित पाण्डेयको टोलीले कपाल प्रत्यारोपण सेवा सुचारु गरेको अस्पतालले जनाएको छ ।

के हो कपाल प्रत्यारोपण ?

कुनै पनि व्यक्तिको कपाल नभएको स्थानमा कपाल रोप्नुलाई प्रत्यारोपण गर्नु बुझिन्छ । टाउकाको अगाडि र बीचको भागमा कपाल नहुँदा टाउको पछाडिको अर्थात् गर्धनको कपाल उखेलेर रोप्नुलाई पनि कपाल प्रत्यारोपण हो ।

यस्तोमा गर्धनको कपाल जरासहित निकालेर एउटा–एउटा कपाल गरेर तालुमा रोपिन्छ । प्रत्यारोपणपछि कोष सक्रिय भएर रोपिएको ठाउँमा कपाल उम्रन थाल्दछ । यसरी रोपिने कपाल उखेलेको ६ घण्टाभित्रै प्रत्यारोपण गरीसक्नु पर्छ अन्यथा कपालको कोष मर्दछ ।

कपाल रोपेको एक सातामा २० प्रतिशतसम्म कपाल आफैं झर्दछ । तर, यो कपाल पुनः पलाउँछ । प्रत्यारोपण गरेको तीन महिनामा रोपिएको कपालको मौलिक जरा बनिसक्छ । प्रत्यारोपण गरिएको कपाल जीवनभर रहन्छ ।

यो सामान्य कपालजस्तै बढ्छ र यसलाई सामान्य कपाल झै धुन, तेल लगाउन, कोर्न र काट्न समेत मिल्दछ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ