धनगढी – सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बिहिबार ३९७ जनाको परीक्षण गर्दा थप ५२ जनामा संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका १८ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिए ।
उनका अनुसार उपमहानगरपालिकाको वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३र३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको छ ।
कैलालीकै टीकापुर नगरपालिकाका १९ जना, बर्दगोरिया गाउँपालिकाका ६ जना, घोडाघोडी नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी चुरे गाउँपालिका र मोहन्याल गाउँपालिकाका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ । यस्तै, कञ्चनपुरको पुर्नवास नगरपालिका र डोटीको केआई सिह गाउँपालिकाका १र१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।