धनगढी – सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्सा प्रभावकारी बनाउन सरकारले नागरिक आरोग्य केन्द्र स्थापना देखि ५० शैय्याको आयुर्वेद अस्पताल संचालनमा ल्याउने तयारी गरेको छ । प्रदेशका विभिन्न स्थानिय तहहरुमा ३३ वटा आयुर्वेद औषधालय र विभिन्न जिल्ला तथा स्थानिय तहहरुमा २२ वटा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
उक्त प्रदेशमा २ आयुर्वेद औषधालय (महाकालि र सेती) र ७ वटा पहाडी जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र रहेका छन् । विभिन्न जिल्ला तथा स्थानिय तहहरुमा स्थापना गरिएका नागरीक आरोग्य सेवा केन्द्रले ओपिडी सेवापुर्वकर्म सेवा स्वस्थ्य जिवन कार्यक्रम संचालन (योग सहित) , पुर्वकर्म (स्रेहनर स्वदेन) सेवाहरु संचालन भइरहेको समाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका आयुर्वेद चिकित्स डा. चेतराज जोशीले बताए ।
५० बेडको आयुर्वेद अस्पताल निर्माणाधिन
सुदूरपश्चिम प्रदेशमा ५० बेडको आयुर्वेद अस्पताल निर्माणाधिन अबस्थामा छ । कैलालीको धनगढी उप–महानगरपालिकाको राजपुरस्थित निर्माण भईरहेको आयर्वेद अस्पतालको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।
सुदूरपश्चिम प्रदेशमा आयुर्वेद चिकित्सालय स्थापना तथा संचालनको लागि आ.ब २०७७-०७८ मा प्रदेश सरकारबाट २ करोड विनियोजन भएको थियो । आयुर्वेद चिकित्सालय स्थापनातथा संचालनको लागि आर्थिक मामिला तथा योजना मन्त्रालयबाट अस्थायी दरबन्दी स्वकृतिको सहमति प्राप्तभएको र अस्थायी दरबन्दी स्वकृतिको प्रस्ताव मन्त्रीपरीषदमा लैजाने समाजिकबिकास मन्त्रालय ले जनाएको छ ।
आयुर्वेद अस्पतालबाट इएम् सेवा, क्ष्एम् सेवा,पुर्वकर्म-पञ्चकर्म सेवा, प्राकृतिक चिकित्सा, होमियोेप्याथी र अकुपंचर सेवा प्रदान गरिने मन्त्रालयले जनाएको छ । प्रदेशका २ आयुर्वेद औषधालय र ७ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १ लाख ९० हजारभन्दा बढी सेवाग्राही लाभान्वित भएका छन् ।
मन्त्रालयकाअनुसार आयुर्वेद औषधालय (महाकालि र सेती ) को वित्तिय प्रगति ५५.८४ प्रतिशत र जिल्लाआयुर्वेद स्वास्थ्य केन्द्र (७ वटा) को वित्तिय प्रगति ७६.६७प्रतिशत रहेको छ ।
सुदुरपश्चिम प्रदेशमा आयुर्वेदिक औषधालय तथा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित इएम् सेवा, स्वस्थ जीवन कार्यक्रम (योगाअभ्याससहित जीवनशैली परामर्श सेवा), पूर्वकर्म र पंचकर्म सेवा, जेष्ठ नागरिकलाई अश्वगन्धा आदि रसायन औषधी वितरण, स्तनपायीआमालाई दुग्धबर्धक औषधी, शतावरी वितरण, सेती र महाकाली आयुर्वेद औषधालय बाटप्याथोलोजी(ल्याव) सेवा सुरुवात, नसर्ने रोग व्यवस्थापन कार्यक्रमअन्तर्गत गाउँघर क्लिनिक कार्यक्रम संचालन, विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर संचालन सेवाहरु प्रदान हुँदै आएका छन् ।
आयुर्वेद चिकित्साका सकारात्मकपक्ष
–दिर्घरोगहरु र नसर्ने रोगहरुको व्यवस्थापन सहयोगी सिद्ध हुने ।
– जडिबुटीहरुबाट बनेको औषधीआयुर्वेद उपचार पद्धतिमा प्रयोग हुने भएकोले यसको दुष्प्रभाव कम हुने ।
–स्थानीयस्तरमा उपलब्ध जडीबुटीबाट उपचार गर्न सकिने हुनाले कम खर्चिलो र बढी प्रभावकारी हुने ।
–प्रकृतिबाट प्राप्त जडिबुटी नै प्रयोग हुने हुँदा मानव स्वास्थ्यमा राम्रो प्रभाव पर्न जाने भएकोले बातावरणमैत्री हुने ।
–आयुर्वेद चिकित्सा पद्धतिका मुख्य विशेषता रसायन औषधी प्रयोग जसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउछ ।
–आयुर्वेदको विशेषज्ञ चिकित्साविधामा पूर्वकर्म र पंचकर्म, क्षारसूत्र आदि अहिलेको समयमा धेरै माग बढेको छ ।