२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : १ लाख ७ हजारको कोरोना परीक्षण, ९ प्रतिशतमा संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेश : १ लाख ७ हजारको कोरोना परीक्षण, ९ प्रतिशतमा संक्रमण पुष्टि


धनगढी – सुदूरपश्चिम प्रदेशमा बुधबार सम्म १ लाख ७ हजार ७ सय ६५ को कोरोना परीक्षण गरीएको छ । प्रदेशमा कोरोना परीक्षण गरीएका मध्ये ९ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालयका अनुसार सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ६ सय ९३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ३ हजार ८ सय २५ ,डोटीमा १ हजार ३ सय २, अछाममा १ हजार १ सय ७२, कंचनपुरमा १ हजार ६७ बझाङमा ६ सय ५१ ,बैतडीमा ४ सय ९३, बाजुरामा ४ सय ६०,डडेल्धुरामा ४ सय ३३ र दार्चुलामा २ सय ७१ कोरोना संक्रमित रहेका छन्।

१ हजार ५ सय १६ सक्रिय संक्रमित

सुदूरपश्चिम प्रदेशमा १ हजार ५ सय १६ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ७ सय ३८, दार्चुलामा १ सय ९८,बझाङमा १ सय ७७ ,डोटीमा १ सय २६,कंचनपुरमा ८०, अछाममा ७९ , डडेल्धुरामा ५७ , बैतडीमा ३५र बाजुरामा ७ संक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये ८४ प्रतिशत कोरोनामुक्त

सुदूरपश्चिम प्रदेशमा संक्रमित मध्ये ८४ प्रतिशत संक्रमित कोरोना मुक्त भएका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार ८ हजार १ सय ३४ जना कोरोना मुक्त भएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कैलालीमा ३ हजार ७६,डोटीमा १ हजार १ सय ७५,अछाममा १ हजार ९१, कंचनपुरमा ९ सय ८६ ,बझाङमा ४ सय ७१, बैतडीमा ४ सय ५७, बाजुरामा ४ सय ५१, डडेल्धुरामा ३ सय ७५र दार्चुलामा ७२ जना कोरोना मुक्त भएको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

७३ संक्रमित अस्पतालको आइसोलेसनमा

सुदूरपश्चिम प्रदेशमा ७३ संक्रमित अस्पतालको आईसोलेसनमा रहेका छन् । स्वास्थ्य निर्देशनालयका अनुसार सेति प्रादेशिक अस्पतालमा ३८,टिकापुर अस्पतालमा १६, जिल्ला अस्पताल अछाममा १०, महाकालि अस्पतालमा ३ , डडेल्धुरा अस्पतालमा ३,जिल्ला अस्पताल डोटीमा २ र जिल्ला अस्पताल दार्चुलामा १ जना अस्पतालको आईसोलेसनमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमित आईसियुमा र ४ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । प्रदेशमा १ हजार ४१ कोरोना संक्रमित होम आईसोलेसन तथा स्थानिय तहको आईसोलेसनमा रहेका छन् ।

त्यस्तै , सुदूरपश्चिम प्रदेशमा १४ जना शंकास्पद बिरामी बिभिन्न अस्पतालको आइसोलेसनमा रहेका छन् ।

२३ जना संक्रमितको मृत्यु

सुदूरपश्चिम प्रदेशमा बुधबारसम्म २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार कैलालीमा ११ जना, बझाङमा ३ जना , अछाममा २ , बाजुरामा २ ,डोटीमा १ , दार्चुलामा १ ,कंचनपुरमा १ र बैतडीमा १ जना कोरोना संक्रमण बाट मुत्यु भएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ