२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार नाघ्यो

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार नाघ्यो


धनगढी– सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार नाघेको छ । बिहिबारसम्म प्रदेशमा कोभिड–१९ संक्रमितको संख्या ५ हजार ७८ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी कैलालीमा एक हजार ४ सय ६० जना संक्रमित छन् । त्यस्तै, डोटीमा ८ सय २७, अछाममा ७ सय ५९, कन्चनपुरमा ६ सय २१, बाजुरामा ४ सय ५२, बैतडीमा ३ सय २४, डडेल्धुरामा ३ सय ७, बझाङमा २ सय ८५ र दार्चुलामा ४३ जना संक्रमित रहेका छन् ।

चार हजारभन्दा बढी निको भए

प्रदेशका ९ वटै जिल्लाका ४ हजार ३ सय ४३ कोरोना संक्रमित उपचारपश्चात निको भएर घर फर्किएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निको हुनेहरुमा कैलालीका १ हजार २ सय ९७ जना, अछामका ७ सय १२, कञ्चनपुरका ५ सय ८०, डोटीका ५ सय ७६, बैतडीका ३ सय २१ र डडेल्धुराका २ सय ९९ जना छन् । त्यस्तै ,बाजुराबाट ४ सय ३५, बझाङबाट १ सय १० र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

सुदूरपश्चिममा ‘एक्टिभ केस’ ७ सय २६

सुदूरपश्चिम प्रदेशमा बिहिबारसम्म ‘एक्टिभ केस’ ७ सय २६ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । प्रदेशमा कोभिड–१९ को सबैभन्दा बढी एक्टिभ केस डोटी जिल्लामा रहेका छन् ।

स्वास्थ्य निर्देशनालयकाअनुसार डोटीमा २ सय ५१ जना, बझाङमा १ सय ७३, कैलालीमा १ सय ५९, अछाममा ४६, कन्चनपुरमा ४१, दार्चुलामा ३०, बाजुरामा १५, डडेल्धुरामा ८ र बैतडीमा ३ ‘एक्टिभ केस’ रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५९ जनाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । अन्य संक्रमित भने स्थानीय तहको आइसोलेसन र घरमै रहेका छन् । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९ जना कोभिड–१९ संक्रमितको मृत्यु भैसकेकाे छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ