न्याय हेल्थ नेपाल अछामको स्वास्थ्य सेवा निर्देशकमा डा. गौचन नियुक्त, को हुन डा. गाैचन ?

कैलाली–न्याय हेल्थ नेपालको स्वास्थ्य सेवा निर्देशकमा डाक्टर विकास गौचन नियुक्त भएका छन् । संस्थाले यसअघि बयालपाटा अस्पतालको मेडिकल निर्देशकमा कार्यरत डाक्टर गौचनलाई सम्रग अछाम जिल्लाअन्र्तगत संचालित अस्पताल तथा अन्य सबै कार्यक्रमको नेतृत्व गर्ने गरी जिम्मेवारी दिएको छ ।
न्याय हेल्थ नेपालले अछाममा बयालपाटा अस्पताल, चौरमाण्डौं प्राथमिक स्वास्थ्य केन्द्रका साथै सामुदायिक स्वास्थ्य कार्यक्रम पनि संचालन गर्दै आइरहेको छ । जिल्लाका २ नगरपालिका साँफेबगर र कमलबजार तथा ३ गाँउपालिका चौरपाटी, मेल्लेख र बान्नीगढी जयगढका सामुदायिक स्वास्थ्य कार्यक्रम संचाल गर्दै आइरहेको उक्त कार्यक्रमको नेतृत्व समेत अब डाक्टर गौचनले गर्ने भएका हुन ।
विगत ५ वर्षदेखि मेडिकल निर्देशकको रुपमा कार्यरत डाक्टर गौचनको कार्यकुशलताको मुल्यांकन गर्दै संस्थाले यसै आर्थिक वर्षबाट लागु हुने गरी यस क्षेत्रको नेतृत्वको जिम्मेवारी दिएको हो ।
निर्देशकमा नियुक्त भएपछि डाक्टर गौचनले संस्थालाई दीर्घकालीन रुपमा संचालन गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतबिद्धता व्यक्त गरे ।
मुस्ताङ जिल्ला थासांग गाउँपालिका वडा नंं ३ घर भएका डाक्टर गौचनले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस तथा जनरल प्रायाक्टीस तथा इमर्जेन्सी मेडिसिनमा एमडी गरेका हुन् । उनले क्यालिफोर्निया विश्वविद्यालयबाट ग्लोबल हेल्थमा फेलोसीप पनि गरेका छन् ।
डा. शेरचन हाल लिभरपुल विश्वविद्यालय युकेमा जनस्वास्थ्य विषयमा समेत स्नात्तोकोत्तर गरिरहेका छन् । बयलपाटा अस्पताल त्यस क्षेत्रको नमुना अस्पताल हो ।
धेरै पढिएका
- १ ‘पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न पूर्ण सफल भयौँ’
- २ एसिटप र पिलपेन बजारबाट तत्काल फिर्ता गर-डिडिए
- ३ इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो
- ४ क्षयरोग : फोक्सोको अदृश्य दुश्मन !
- ५ रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत फेला
- ६ गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ?
- ७ वीरेन्द्रनगरमा मात्रै क्षयरोगका १४३ का बिरामी
तपाईको प्रतिक्रिया दिनुहोस